Posted by: Birkhe_Maila January 8, 2008
रेखामा नभएकी रेखा
Login in to Rate this Post:     0       ?        

हत्तेरी, अस्ति त्यो पोस्ट देखेसी लेख्छु भन्दै थेँ अड्डाँ आफ्नु फुट्या कर्म दिनभरि चौतारीआँ गनगन अर्दा केइ हुन्न एसो कसैले सोध्या कुरा लेखम भन्दा आँखिभौँ खुम्च्याउँदै आइपुउछ हाकिमका काल!

ती माथिका धुरन्धरहरु सबै परिचीत नाम हुन्, तर आफु परियो त्यतिबेला सानो, कालो दुब्लो केटो,तेइ लइनचौरहुँदि तिनी दाइका चर्तिकला भा' बेला भागेर कबर्ड हलबाट आदर्शको पर्खाल चढेर, उतापट्टी "खस्न हैन बस्न माथि जाऊ" लेख्या जुङ्गे सरको इस्कुल (त्यतिबेला आफ्नै इस्कुल, अब ब्याच स्याचको के कुरो गराइ भो र, नि.मा.बि. नै थियो)जान पनि हम्मे हम्मे पर्थ्यो। अनि उता खुकुरि डान्स हुँदा डरले थर थर काँप्दै त्यइँ होस्टल भित्र लुकिन्थो पर्भु!
म लैनचौर तिरैको जिम्दार त हैन,त्यो बन्दा अलि पछ्छिम भनौ पकनाजोल तिरको परेँ। तर उइ त हो,तेतिबेला हिलाँ फुटबल खेल्न जाने चउर भने नि जे भने नि तेइ शान्तीबिध्या र कन्या अगाडिको चउर! आइसकिरिम खाने तेइ डेरि हो,कन्यापछाडिको तो ओरालो त १०-१२ बर्ख पछि नि उस्तै!अरु त अरु अझ तेतिबेला आफू फुच्चे टिचिङमा भर्खर भर्खर लिफ्ट राख्या, के थियो र, त्यो सबै बाटो हिँड्दै,माथि माधव घिमिरेको घरलाई दाहिने पार्दै जङ्गलै जङ्गल होटल काठमान्डु (तेइ क्या दीपको टोल तिर छिर्ने दोबाटो, उता पवित्र वर्कशप तिर जाने बाटो निरको,पछि त खन्डहर बनेछ)हुँदै टिचिङ गएर ५-७ पटक लिफ्टम्यानको आँखा छलेर लिफ्ट चढेर,त्यतैबाट ओरालो लागेर, उता बसुन्धरा निस्केर, रिङरोडै रिङरोड सामाखुसि हुँदै, फेरि गल्कोपाखाको उकालो उक्लेर फर्केपछि बल्ल शान्ती हुन्थ्यो। कठै क्या दिन थिए पर्भु!!

Read Full Discussion Thread for this article