Posted by: waka January 6, 2008
अनौठो पोस्ट अफिस
Login in to Rate this Post:     0       ?        
 
यो कथा पुर्ण काल्पनिक् हो।साझामा यो मेरो पहिलो प्रयास् भयको ले केहि गल्ति भयमा क्षमा चाहन्छु,साथै युनिकोडमा टाइप गर्दा केहि भाशागत् त्रुटि हुन् गएमा माफिको आश राख्छु।
 
 
 
 "आज कता बाट बाटो बिरायौ  त बहिनी" आदी लाई देख्ने बित्तिकैको मेरो सोधाई भनू मेरो औप-चारिकता थियो त्यो।लामो
अन्तरालमा आज अनयासै उनी मेरो घर आयकी रहिछन।
"के को बाटो बिराउनु नि ,दाईले सम्झे पो।"उन्को प्रतिउत्तर थियो
।"बरु म आँफै आए नि,डाक न बोलाउ,कूकूरको पुच्छर डोलाउ भने झै"म माथि उन्को गुनासो अनी ब्यङ्ग को प्रहार थियो शायद त्यो।मन्मनै होश नपुराई बोलेकोमा मनमा खिन्ताले छाए पनि स्वोभाबिक पनि थियो उन्को गुनासो।
"अनी सुनाउ न त के छ नयाँ नया?"प्रसँग लाई मोडे मैले।
"बाँचेको छु दाइ,उही त हो काम ,घर ,उही कोठा अनी पट्यार लाग्दो यान्त्रिक जिबन्'
कताकता औसत नेपालीको बेथा लाई उजगार गरे जस्तो भान भो मलाई।हुन पनि त गोरु झै जोतियो,तातो चिसो ,सन्चो बिसन्चो केही प्रबाह नगरि काममा खट्टियो,अझ ओभर टाईम डेढी पे भनी परिवार लाई शाहीत बिर्सियर डलर व पाउन्डको पछी लाग्नु आ-म नेपालीको साझा कथा भयको छ। आँखाभरी सपना बोकी सुन्दर भबिश्य को कल्पनामा गर्ने आदी जस्ता बिद्यार्थीहरुको औसत जिबन चर्या यस्तै होला।
"बाच्नु नै ठुलो कुरा हो बहिनी, सबैको काहानी उस्तै उस्तै हुन्छ केबल प्रस्तुतिकरण फरक होला"केही ढाडस र केही उन्को हिनतबोधलाई म-थ्थर गर्ने अभिप्राय शाहीत थपे मैले
"जे छ तेसैमा रमाउनु पर्छ,लेखेको पाईन्छ देख्नेको सबैको भाग्यमा हुँदैन।
मेरो कुरा भुइमा खस्न नपाई उनी बम्किन्
के लेखेको के देखेको? कस्ले लेख्छ ,लेख्छ भने किन लेख्छ?पसिना चुहाउनु पर्छ हामीले अनी तेस्को श्रेय किन कर्म लाइ,' 
 शान्ता  र सालीन उन्को आबाजमा एक्कासी आयको परिवर्तनाले म अक्कनबक्क भए। उन्को गाला रगत चुहियला जस्तो रातो प्रश्ट देखियको थियो।केही बेरको मौनतालाई चिर्दै उन्ले थपिन
"दाइ शायद तपाईंले मेरो जिबन बाचेँको भए ,कर्म , भाग्य,भगवान  सबै बिर्सनु  हुन्थ्यो होला,जिबनलाई मैले जस्तो तपाईंले नजिक बाट हेर्नु भयको पक्कै छैन"
 तेती भनी उनी फेरी भाबूक  भ-इन्,मैले उनी भित्र उठेको ज्वारभाटा को महशुस गरेको थिय र उन्लाई घच्घचाउने आट पनि गर्न सकिन। मनको बह लाई उकुसमुकुस दबाउनु भन्दा फोइ दिय हुन्थ्यो भन्ने दमित चाहना चाँही थियो।अली लामो बेर सम्म उनी चूप रहिन शायद हुन सक्छ उनी मनको कुरा म सँग साट्ने वा नसाट्ने दोधारमा थीइन। आखिर के सोचिन कुन्नी उन्ले आफ्नो कथा सुनाउन थालिन।
 "म एुटा सम्भ्रान्त परिवार बाट यहाँ आयकी हू,मेरो बुवा सरकारी निकायमा उच्च पदमा आसिन हुनुहुन्छ ।यसैले मैले जिबनमा चाहेको सबै पायको थिए,नोकर चाकर सेवा सुसारको लागि घर भरी थिए। सबैको लड्ली भयर सबै तिर छाएकी थिए।मलाई लाग्थ्यो जिबन फूल हो ढक्मक्क फुल्छ।  एक छि-न फेरी उनी टोलाइन्,म एक आग्याकारी बालक सरह उन्को कुरा ध्यान दियर सुनिरहे। उनी फेरी जिबनका पानाहरु पल्टाउन थालिन।
"बुवा पैसा र पद कमाउनमा तल्लिन हुनु हुनुथ्यो,आमा पार्टी र क्लब अनी जुवातास मा आफुलाई साट्दै हुनु हुन्थ्यो। मलाई साथीको खाचो हुँदा म सुन्य र मौन हुन वाध्य हुन थाले।हो म सँग पैसा को कहिले कमी हुन पाएन ,जे कुरा पनि पैसामा ताउलिने बुवा र सस्कार सिकाउने आमा आँफै कु-सस्कारमा डुबे पछी मैले जुन आत्मिय स्पर्श पाउनु पर्ने हो पाउन सकिन्।सानो हुँदाको सोचाइ सबै अपुरो,अधुरो जस्तो भान हुन लाग्यो।ती दिन हरु मलाई अती कश्ठ्कर थाहार भए यद्ध्पी म भौतिक रुपमा सम्पन्न थिए।म  मानसिक रूपमा अती बिपन्न भए झै अनुभुती गर्न थाले।

यती भन्दै आदिले लामो श्वास फेरिन्,मलाई भने उन्को कथामा सिङो सम्भ्रान्त परिवारको प्रतिनिधित्व भए झै लागि रहेथ्यो।हुन पनि पैसा ,धन ,बैभब्,पद यि सबै भन्दा पनि मनिष लाई आत्मा सन्तुस्ठी चाहिन्छ। उनी फेरी अगाडि बढीन
 
"अनयासै मेरो जिबनमा एुटा ठुलो मोड आयो।


"लाउला र खाउलाको उमेर ,पैसाले जे नि गर्न सकिन्छ भन्ने मनसिकता,अनी अलिअली धनको उन्माद ,म चाहिने भन्दा उत्ताउली थिए शायद।
पढाईमा म तेज नभए पनि ठिकै थिए।
म प्रायजसो बस चढेर क्याम्पस जाने गर्थे र रितु म सँगै हुन्थी।
बनेपा धुलिखेल चल्ने बस खासै भिड हुँदैन थियो पनि। एक दिनको कुरा हो हामी बसमा बसेर गफ हाक्दै थियौ,यत्तिकैमा एक जना केटा हामी निरैको सिट मा आएर बस्यो,शायद हतारले होला उस्ले पाइन्ट्को जिपर लगाउन भुलेछ।
कुकुरको पुच्छर बङिएको देखेर त हास उठने बेला ,हामीलाई काम पुगी हाल्यो।
"दाइ तपाईंको पोस्ट अफिस त खुले छ नि" मैले खै के भएर प्याच्च  भन्न् पुगे
"बहिनिहरुलाई चिठ्ठी पोस्ट गर्नु पर्छ कि भनेर नि"उस्ले जिपर् बन्द गर्दै भन्यो
लाजले रातो पिरो होला भन्ने मेरो अनुमान ले धोती लगायको थियो र हामी आँफै रातो भएका थियौ।
मैले जिबनमा कहिले यस्तो घटना भोगेकी थिन ,र यसरी हाजिरिजबाफी मान्छेको फेला पनि परेकी थिन्।तेस पछी हामी चुप्चाप भयौ।
बस बाट उत्रिए पछी हामी फटाफट क्याम्पस तिर लाग्यौ। क्याम्पस नजिक पुग्दाकसैले मलाई बोलाएे झै लाग्यो।फर्किएर हेर्दा एक अपरिचित अनुहार थियो।
"मैले तपाईंलाई चिनिन नि, अनी कसरी थाहा भो मेरो नाम्?" उल्टो मेरो प्रती प्रश्न थियो।
"यती चाडै बिर्सियको , म पोस्ट अफिस"हाँस्दै मलाई शिर देखी पाउ सम्म हेर्दाइ भन्यो।
मलाई यसो भन्दा कन्सुरिको रौ न तातेको कहाँ थियो र तर पनि सन्यम हुँदै भने
"हुलाकी लाई चिनी राख्नु पर्छ भन्ने कहाँ लेखियको छ र?"
फेरी १०-२० रुपैयाँको टिप्स फल्दिय पछी पोस्ट म्यान लाइ ध्यान कस्ले दिन्छ र"
ठानेकी थिए अब उस्को मुख बुझो लाग्छ तर मेरो अनुमान गलत भयो।
"यही त छ बिडम्बना,याहा जस्तो पढे लेखेकाहरुले कामको बर्गिकरण गर्ने तरिका फरक् भय पछि देसको भबिस्य कस्ले खोज्छ"
तपाईंको पर्-श बसमा छुटेको रछ मैले भेटेर लेराइ दियको,लिनोस"
यती भनी उ कतै नहेरी अघी बढ्यो।
हतारले हो वा बस को घटनाले हो मैले प्रस बस मा नै छाडेछु तेही पुराउन उ म कहाँ आयको रहेछ।
तेसै दिन साथीहरुले हेर्छु भनेकोले मेरो जन्मदिनको बुवाले दियको हीराको हार पनि तेही प्रसमा थियो।
Read Full Discussion Thread for this article