Posted by: dd_sh January 5, 2008
Kati ghin lagdo "Politics"
Login in to Rate this Post:     0       ?        

What a sense..............

भेटिएको ढुंगेधाराको मुहान खोज्ने मन्त्री यमीको आश्वासन

काठमाडौं, (महानगर) । ओमबहालस्थित यंगाहिटी टोलमा मङ्गलबार भेटिएको ऐतिहासिक ढुंगेधारा संरक्षणमा भौतिक योजना तथा निर्माणमन्त्री हिसिला यमीले जोड दिनुभएको छ ।

स्थानीय नेवाः राष्ट्रिय मुक्तिमोर्चाले आज बिहान सो ढुंगेधारा परिसरमा आयोजना गरेको समारोहमा मन्त्री यमीले संसार नयाँ-नयाँ ग्रहको खोजीमा लागिरहेका बेला आफूहरू पानीको मुहान खोज्ने कार्यमा द्रुत गतिले लागिरहेको बताउनुभयो । Does it make any sense ????
सो ढुंगा धाराको पानीको मुहान भेट्नसके केही हदसम्म पानीको आपूर्ति सहज हुने बताउँदै मन्त्री यमीले सबै टोलवासी धारा संरक्षणमा जुट्नुपर्ने बताउनुभयो ।

नेपाल खानेपानी संस्थानका महाप्रबन्धक डा. लक्ष्मीप्रसाद देवकोटाले पानी लापरबाहीसँग फाल्न नहुने भन्दै तप-तप गरेर दिनभरि चुहिएको थोपाबाट ५० लिटर पानी जम्मा गर्न सकिने र त्यसबाट पाँच जनालाई पर्याप्त पानी पुग्ने भनाइ राख्नुभयो ।

कार्यक्रममा नेवाः नुगका सचिव पवित्र वज्राचार्य, सांसद दिलीप महर्जनलगायतले भेटिएको ढुंगेधारा संरक्षणमा जोड दिनुभएको थियो ।

स्थानीय अरुण शाक्यले नेवाः नुगको सामुदायिक भवन निर्माण गर्न जग खन्ने क्रममा मङ्गलबार सात फिट गहिराइमा ढुंगेधारा भेटिएको थियो ।

स्थानीय बासिन्दाले ढुंगेधारासँगै भेटिएको लोकेश्वरको मूर्ति, तेलिया इँटा ३५० वर्षपुरानो र धारा सय वर्षअघि पुरिएको अनुमान गरिएको छ ।

Read Full Discussion Thread for this article