Warning: बच्चा हरु र पढ्न नसक्नेहरुको लागि कथा यहिँ अन्त्य हुन्छ, तल नपढ्नु होला ।
शिर्षक : कथा
A: “ओए।“
B: “के?”
A: “ के
गर्या त्यस्तो?”
B: “के गरेँ र?”
A: “नबुझ्या
जस्तो नगर न ।“
B: “के कुरा ?”
A: “के
गरिरा’ छस्, हेर त राम्रो सँग ।“
B: “के हुनु
नि, मुति रा’छु,
त्यत्ति त हो । ट्वाइलेट मा अर्कै कोहि छिरेको रैछ के ।“
A: “कहाँ मुति
रा’ छस् थाहा छ ? कति साह्रो बेहोश भा’ तँ ?”
B: “होसमै छु , होस मै मुति रा’, ताकि ताकि ढाडेको बालकोनि मै पर्ने गरि ।“
A: “अहिले
तेरो नाकमा पनि ताकि-ताकि हिर्काउला नि उसले पनि । चाहिने काम पो गर्नु ।“
B: “१० तला माथि - चिन्ला र उस्ले ?”
A: “चिन्यो
भने नि?”
B: “चिन्दैन । पक्का । लेखेर राख् ।“
A: “चिनि
हाल्यो भने नि?”
B: “चिन्यो भने थुक्दिम्ला । कि
वाक्दिने ? झ्याप हुने मन भए गोरखनाथको प्रसाद आँ’ऽऽ गरेर खान्छ तल बाट ।“
A: “मुऽनि
। ।
। । नपच्ने मान्छे ले नतान्नु नि
बुटि ।“
B: “होइन, म होशमै छु । तेल्लाइ त थुक्नै
पर्ने थियो के ।“
A: “तँ पनि
कस्तो छस् यार । एउटै कुरा सम्झि-रहने । बिर्सि ढाडे को कुरा । एकदिन हिर्काम्ला।
पुगि हाल्छ नि त्यत्ति भए ।“
B: “सुन त, त्यो के हो तेरो हात को ?
यता दे त ।“
A: “स्मिर्नोफ
। सक्छस खान ? सक्ने भए भित्र बाट ल्याउँछु । “
B: “उमेश लाइ ले’र आइदे भन् न । तैले भनेको मान्छ
के उ । तँलाइ लागेको पनि छैन, उ नि कराउन्न तँ सँग। तेरो हातको मलाइ दे । “
A: “ला,
समात्।“
B: “सुन् त , ऊ ऊऊऊऊ तल त मान्छे बसेको
रैछ, चुरोट तान्दै । मोरा ले खुला आकाशबाट पानि पर्यो भन्ठानेको होला । त्यो पनि
तात्तातो ।“
A: “अँ ।
हो।। । । खुब । हा । ।। हा। । हा। । हा। । ”
B: “किन हाँस्या ?”
A: “त्यस्लाइ
त परेकै छैन नि । उ त टाढा पो छ, गोरु । यहाँ बाट त्याँ पर सम्म तेरो पिचकारि
हान्न सक्ने भए त ईन्द्रे भइहल्थिस नि ।“
B: “के हो यार ? अघि देखि त्यो मान्छे
चुरोट तान्दै बसेको छ । कत्ति लामो समय लागेको है ?”
A: “हो र ?
होइन यार । तँलाइ बुटि लाग्या हो । एकछिन लाइ पनि लाऽऽऽमो समय भन्ठान्छस् ।“
B: “नकरा ।“
A: “तैँ नकरा
। जो उहिले उडेर आकाश छोइ-सक्यो, उसैको ठुलो स्वर ।“
B: “ल, ल । तँ जे भन् । भन्दै गर
। मलाइ लाग्या चैँ छैन के ।“
A: “बकवास नगर ।“
B: “ल ल । चुप लाग एक छिन । जाँड सकिएछ
यार । उमे ले ल्याएन ? भन् न तेस्लाइ? यो ग्लासको पनि सकियो ।”
A: “भन्या त
हो तर खै ल्याएन त । । । । ।
। । तेरै छेउमा राख्या रैछ नि, बोतल त।“
B: “ए हो रैछ । ल सट हानम् ।“
A: “ल ।
चियर्स ।“
B: “चियर्स । । । । ।
अख्ख्अ् । । । । । कस्तो नमिठो के ।“
।
। । ।
। । ।
A: “सिगरेट
दे न ।“
B: “फअअअअअअअअअअअ।-।-।-।क् । क्या लागि
रा’ छ यार मलाइ त ।‘
A: ‘था’ छ गधा, बालकोनिमा बसेर तैले र
मैले आगो-पानि सबै सक्यौँ । अरुलाइ बुटि पुगेकै छैन । तर ठिकै छ, कहिले काहिँ उनिहरुलाइ नदि’ पनि खानु पर्छ । झ्या’’प हुनु पर्छ के कहिले काहिँ ।‘
B: ‘त्यो त हो । तर मलाइ त अलि धेरै नै
लाग्यो के । बोल्न मन नै लाग्न छाड्यो ।
यति धेरै नलागेको त महिनौ भएको थियो यार ।‘
A: “ तैँले त तानि रन्छस् रे नि, एक्लै कोठामा बसेर। क्लास जाँदा पनि तानेर जान्छस
रे । सोमबार को सेमिनार मा त निकै ‘एक्टिभ’ भा’ थिस रे नि । हो? इम्मुन भइस होला है ?
A: ओए, किन न बोलि रा ? अत्ति लाग्यो हो ? के हेरि रा ? तल कोहि देखिस हो ? खै म
पनि हेरुँ ।
A: यत्तिकै टोलाएर बसेको पो रैछ । अत्ति भयो भने जा कोठा तिर । टन्न पानि खा । सुत् । “
B: “ह्वववववववव
।। ।। ह्ववववववववववआआऽऽऽ । । । । । अख्ख्ख्ख्खखखखअअअअअ ।।। । “
A: “ओहो।।।।
यस्तो पो ???? ओए हेर त ?? लुगा मा परिरा’छ तेरो । ख्याल गर् ।
ल आइज यो चेयर मा बस् । । । टाउको यो भित्ता मा अडाएर
फ्याँक तेरो आन्द्रा-भुँडि । ।। ।। ल यो पानि । मुख कुल्ला गर । “
A: “हा हा
हा हा हा हा हा ।।। मोरा । । । । हेर चाला । ।। । । आफै गोरखनाथ, आफै पि एन शाह ।।
।भोकले त यो मर्ने भएन । आफैले आफैलाइ के आशिष दिनि, के लिनि हो कुन्नि ???? भोलि
सफा गर्ने काम चैँ तेरै हो है ।“
A: “बाहिर त त्यो गधा ढलिरा’ छ यार । कोहि गएर मद्दत गर न,
साथि हो । “