Posted by: Rahuldai January 4, 2008
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

पुन:  एक पटक सबै पाठक महोदय प्रति आभार ब्यक्त गर्न चाहन्छु।

मास्टरनी नानी,
छिनोले लगातर खोपे अबश्य मूर्ति बन्छ, प्वाल त घनले ठोके, पापले खोके मात्र पर्ने हुन्छ। मुलायम हातले निष्पाप खोपे सुन्दर सिर्जना नै बन्छ, न पत्याए एकपटक खोपेर हेर्नुस्।

झिल्के ब्रो,
पास भइने हो कि होइन त्यो तपाईहरुकै हातमा छ, मनमा छ, तनमा छ। इमान्दार प्रयास जारी छ।

पर्बतेजी,
धन्याबाद, मन पराइ दिनुभएको मा। निस्वार्थ प्रेम कहिलेइ बियोगान्त हुंदैन। कहानीहरुमा हुन्छन् होला, तर जीवनमा कहिलेइ काहि मात्र हुने हुन्छ। जहाँ जहाँ ट्राजिक एन्ड भएको छ, कहिं न कहिं बेइमानी धावा बोलेकै हुन्छ।

pjna007 जी,
ग्रेट कथा होला। कथा पढ्ने र बुझ्ने मनहरु हुन्, ग्रेट। धन्यबाद!

सुर न ताल जी,
सामन्य प्रयास हो, अझ निखार्ने प्रयास जारी छ। हेरम् कथाले कुब मोड लिन्छ। कता जोड दिन्छ।

फुच्चे केटा जी,
धन्यबाद , नयाँ भएर नि पढिदिनु भएको मा। अर्को कुरायो कथा आजसम्म १६ भागमा प्रकाशित भैसको छ। ३ ओटा मात्र होइन, अघिल्लो पानाहरु (page 1 to 6) सबै पल्टाउनुस्, सबै अंक भेटिने छन्।

My Views जी,
तपाईलाई मेरो कथाले साझामा डोर्‍याको थाहपाउदा खुशी लाग्यो र आफ्नो लेखन को सानो उपलब्धी मानेको छु। साझा मा अनेक खुराक पाइन्छन्, जिन्दगीलाई सधैं मुस्कुराइ रहेको हेर्न चाहनु हुन्छ भने साझा मा समाहित हुनु होस्। अझ समयलाई मनाउन सक्नु हुन्छ भने, साझा-चौतारी मा पाल्नु होस्। जीवन्त नेपाल भेट्न सक्नु हुन्छ त्यहाँ।

चित्रे,
समयमा अर्को भाग आउने नै छ। प्रतिक्षा गर्नु होला।

दीपिकाजी,
अहं मान्दिन म, ढुँगा खोप्दा प्वाल बन्दैन, मूर्ति नै बन्छ। प्वाल बने त्यो आँखा हुन्छ। ढुंगा भन्दा कठोर त मन हुन्छ। इच्छा शक्तीको अगाडी फलामत पग्लिन्छ, जोडिन्छ। ढुंगा त मन भन्दा कोमल हुन्छ, मैन जस्तो, पग्लिन्छ पनि जोडिन्छ  पनि।

Read Full Discussion Thread for this article