Posted by: Rahuldai January 3, 2008
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

"अनुराधा"
भाग १६

 

मिति- जनवरी ३, १९..........
९१ पटेल होस्टल,  इलाहबाद ।


"अनुराधा"


तिमीले तिम्रा कुनै पत्रको प्रतिउत्तर नलेख्नु भने पनि आज लेख्ने ध्रिष्टता गर्दै छु। तिम्रो वचन तोड्ने दुस्साहस मैले गरेको होइन, म भित्रको चेतन-अबचेतन मान्छेले लेख्न कर गर्यो। र लेख्दै छु।

सर्बप्रथम त मेरो हाल  बेहाल छ। अर्को हफ्ता देखि  सेमेस्टरको फाइनल छ। अझै पनि इन्जिनियरिङ पढ्दै छु भनी स्विकार्न सकेको छैन। मनलाई पटक पटक, धेरै पटक सम्झाए, सम्झेको छैन। बल्ल तल्ल भात जोड्न सजिलो भएको घरमा अलिकति पनि आर्थिक बोझ थप्ने काम गर्न सक्दिन र मन मारी मारी बंगलादेशको मेडिसिनको सीटबाट नाम् झिकें। तै पनि मन जिद्दी छ। तर यथार्थ यही हो, इन्जिनियर हुनु छ। मन नलागे पनि पढ्नु छ। अलिकति जोहो गरेको इज्जत लिलामी हुनु बाट जोगाउनु छ। यस्तै छ यहाँको हाल। खानपिनको कुनै चिन्ता छैन। भात भन्दा बढी रोटी लागेको छ। सिन्का जस्तो शरीर डटपेन जस्तो भएको छु। गर्मीले हाफ ब्वाइल भै सकें अब जाडोमा बरफ बन्दै छु।


अनु! मलाई थाह छ, राम्ररी थाह छ, तिमीले भोगिरहेका ब्यथाहरु। अझ यो पनि थाह छ, त्यस्ता आँधीबेरीबाट बिचलित हुने मन तिम्रो होइन। र पनि किन यति छिट्टै जिन्दगी संग हार मान्यौ?
सबैलाई प्रेरणा दीरहने तिम्रो ब्यक्तित्व, अझै पनि जिवन्त हुनु पर्दछ। आदर्शमा बाच्न सकिंदैन। कहिं न कहिं सम्झौता गर्नै पर्दछ। थोरै गुमाएर धेरै  पाउने संझौतामा रमाउन मैले सिकाउन पर्दैन।
हो हामीले गल्ति नै गरेका छैनौ भन्दिन म। दुनियाले कुरा काट्दा, जिन्दगी नै काटिन्छ भनेर सोच्न सकेनौ हामीले। पाप गरेका छैनौ भनी बस्यौं, श्राप दिनेहरुलाई रोक्न सकेनौ।


जे हुनु भै सकेक्यो। जिन्दगी हामीले सोचे भन्दा सुन्दर छ, बाच्ने दिनहरु अझै अनगिन्ती छ। त्यसैले बिन्ती छ, जिन्दगीलाई हारले होइन जितले स्वागत गरौं।  तिमी भित्रको अथाह क्षमतालाई उजिल्याउ। हर पाइलामा जित हुन्छ। आस्था र बिस्वासलाई अझ मजबुतीका साथ अघि बढ। अझ पढ्नु छ, धेरै माथि पुग्नु छ। बाधा अड्चनहरु अैरहन्छन् नै, पन्छाउदै जाउ। प्राणी मात्रको कल्याण र मुक्तिको खोजीमा हिडेको भगवान बुद्धको बाटोमा त अनेक अंगुलिमारहरु तेर्सिए, अप्सराहरुले मन डोलाउन आए। राक्षसहरुले शारीरिक आक्रमन गरे। आफ्नो तपस्या भंग हुन दिएन र सांसारिक मुक्तिको बाटो देखाई छाडे।


जस जस्ले तिमीलाई पीडा र अपमान दिए, तिनलाई सफलता र उपल्ब्धीको उपहार दिनु पर्दछ।
छिनो ले लगातार खोपे पछि ढुंगा पनि मूर्ति बन्छ। यात्रा निरन्तर जारी राखे एक दिन गन्तब्य पुगिन्छ।


यसरी हार माने भने, चिबर ग्रहण गरे भने, ती कथित आरोप लगाउनेहरु, ती घाउ दिने हरु कै जीत हुन्छ। सत्यको हार हुन्छ। आत्म मर्छ। मरेको आत्मले मुक्ती कहिलेइ पाउने छैन।
त्यसैले मेरो आग्रह छ, अझ अगाडि बढ। समय मै जीवन कर्महरु निभाउ। यो राहुले सदभाव र शुभकामना हर पाइलामा हुने छ।


आजलाई यति नै। अस्तु!

उही
राहुले
***********************************************************************************

यति लेख्दा लेख्दै अन्तर्देशिय हवाइ पत्रको लेख्ने स्पेश सकियो। बन्द गरें। तर त्यो रातो पत्र मंजुषामा खसाल्न अघि डर लाग्यो। यसले झन अर्को तान्ड्व  मचाउने पो हो कि?
तै पनि "मरता क्या नहिं करता" इलाहाबादी उक्ती संझे। र एक सासले खसालें।
गन्तब्य सम्म पुग्न १५ दिन जति लाग्थ्यो।  खसाली सके पछि पनि मन मा डर रहिरह्यो। मनलाई दह्रो बनाएं। पोजिटिभ भए बेशै हुन्छ, नेगटिव असर परे पनि मन भित्रको ठुलो बोझ हट्यो। यसमानेमा स्वार्थी छु नै। स्वार्थ न बोकेको मानिस शायद नै हुंदो हो। मान्छेले पुज्दै आएका, रामक्रिष्ण भगवानहरुमा त स्वार्थ थियो। म मा किन नहुनु। भगवान बन्ने रहर पनि थिएन। जिन्दगीलाई आफ्नो अनुसार जिउने इच्छा छ म मा पनि।


यसरी एुटा पत्रको अध्याय सक्याएं मैले।   सेमेस्टरको फाइनल नि सकियो। रिजल्ट नि भयो तुरन्तै। आशा गरे भन्दा राम्रो रिजल्ट भयो। यस बीचमा अनुराधाको पत्र एउटा नि आएन। मैले लेखेको पत्र को असर हुन सक्दैन थ्यो, समयलाई हिसाब गर्दा। अर्को सेमेस्टर् सुरु भाको  पहिलो साता मै फेरि अर्को पत्र आयो।

 

क्रमश:

Read Full Discussion Thread for this article