Posted by: Birkhe_Maila January 3, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

खित्खित्खित् मा ट्याक्स लाग्ने-

भर्खरै प्राप्त समाचार अनुसार, सुपरहिट कथा "हु न ब्वा त हु ला ह" कि ठुल्नानी ठकुरानीले प्रयोग गर्ने खित् खित् खित् अत्यन्तै हिट भएर जो सुकैले पनि प्रयोग गरेको देखिन गएकोले, चौतारी सरकारले उक्त हँसाईमा १५% ट्याक्स लगाउने निर्णय गरेको छ। उक्त ट्याक्समा उठेको रकमको आधा रकम सुश्री ठुल्नानी ठकुरानीलाई रोयल्टी स्वरुप जाने कुरा पनि समाचारमा उल्लेख छ।

 

पुन्टे बुढा प्रेम चोपडाको रोलमा इन्ट्रेस्टेड-

हालै आश्चर्यजन रुपमा सुपर हिट बन्न पुगेको "हु न ब्वा त हु ला ह" कथाले गर्दा चौतारीकै सदस्य पनि सुपर स्टार हुन सक्ने कुरा बुझेर, चौतारीकै एकजना बुढा पुन्टे बुढा पनि प्रेम चोपडाको रोलमा इन्टरेस्टेड रहेको कुरा हाम्रा सम्वाददाता बताउँछन्। चिल्ला तालुका धनि यि पुन्टेबुढाको ट्यालेन्ट भन्नु नै आफ्नो चिल्लोपना रहेकोले प्रेम चोपडा वा अनुपमखेरको रोल नै आफूलाई सुहाउने बताउँदछन्। कयौँ हिरोइनहरु संग नजिकिन मन पराउने पुन्टे बुढालाई हिरोले भन्दा पनि बढि हिरोइन सङ्गत गर्न पाउने प्रेम चोपडाको रोललाई अहिलेसम्म कुनै निर्देशकले भने साइन गरेका छैनन्। यसैबिच भगुतभाई भँडारि पनि गुलशन ग्रोवरको रोल ताक्नमा लागिपरेको कुरा सुलसुलेले पत्ता लगाएको छ।

Last edited: 03-Jan-08 12:50 PM
Read Full Discussion Thread for this article