Posted by: Birkhe_Maila January 3, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

स्नानागर भित्र छिरेपछि एक पटक त्यत्तिकै फिस्स हाँसिन् र गित गुन्गुनाउँदै नुहाउन थालिन्। एउटा अनौठो किसिमको रसायन सम्पुरण शरीरमा प्रवाहित भएको महसुस गरिन। कयौँ पटक साबुन हातबाट चिप्लेर तल खस्थ्यो र प्रत्येक पटक मन्द मुस्कानका साथ साबुन टिपेर शरीरमा दल्थिन। उसलाई किन किन आजको यो एउटा स्नानले उसलाई अभूतपूर्व सुन्दरी बनाउँछ जस्तो लागिरहेको थियो र साबुनको प्रत्येक स्पर्शले उसको तनमन रोमान्चित हुन पुग्थ्यो। भित्र कतै पेट पोलेको जस्तो, धड्कन बढेको जस्तो, कहिले भोक लागेको जस्तो र कहिले टन्न हघाए जस्तो महसुश भैराखेको थियो उसलाई। नुहाउँदा नुहाउँदै धेरै पटक एयरपोर्टमा पहिलो पटक उ संग नजर जुधेपछि के गर्ने भनेर सोचिन्, कहिले आफैँलाई ऐनामा हेरेर 'हाई' भनिन् त कहिले आफैँ संग लाज मानेर नजर झुकाईन्।

...........

Read Full Discussion Thread for this article