Posted by: Deep January 3, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

"हुन नसकेको बोइ फ्रेन्ड् तर हुन लागेको पती देव"

बाहिर घाम मज्जाले लागेको भए पनि चिसो निक्कै थ्यो। झ्यालबाट देखीने त्यो निलो आकासमा सेतो धर्का छोडदै उडीरहेको त्यो हवाईजहाजलाई ठुलीले एकछिन पछ्याईरही। जहाज छेलिए पछि घडी तिर आँखा पुर्याउँदै भनी अब तयार हुनु पर्यो।

आज उ आउने दिन।

ठुलीले उसलाई कहिलेई भेटेकि त थिईन तर चिनेकी थिई। उस्को सोचाई मात्रैले पनि कुन बेला आफना रापिला अधरमा चन्चल मुस्कान फरफराईसकेछ उसलाई थाहै थिएन। उस्को हवाईजहाज ११ बजे आईपुग्ने। हिंजो राती अबेर सम्म फोनमा उ र ठुली हिंजो र आजको पुल बाँध्दै थिए भोलीको लागि। "निन्द्रै पुगेन" ठुलीले भित्ते घडीमा बजेको ८:३० हेर्दै आफैलाई भनी।

उ को हो उस्को? ठुलीले आफैलाई सोधी। जवाफ उ सँग थियो पनि थिएन पनि। उस्का ति आँखाहरुमा आफुलाई प्रतिबिम्बित देख्ने त्यो पल सम्झेर ठुली पुलकित भई। मन न्यानो त भयो उस्को सँगै चन्चल पनि। आफ्नो मन सँगै ठुली एक छिन जिस्किई अनि स्नानागर भित्र छीरी। मन अझै उस्को जिस्किदै थ्यो।

---
(ल ठुली, मैले तिम्रो कथा सुरु गर्दें अब तिमी अघि बढाउ---शिर्शक फेर्ने हो कि? -- नत्र ending थाह भै हाल्यो नी unless you want to shock the readers --)

 

Read Full Discussion Thread for this article