Posted by: Rahuldai January 2, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

ठुलदाइ चिलेम बिरेकमा जानै पर्दैन नेप्ची भाउजुलाई चौतारीमा चियाउन। अब उनको साहु पनि मापाको दुष्ट। साहु न भाको बेला याहू भन्ने हुन् क्या र। आफ्नो साहु साधु जस्तो। आफ्नै हातमा छ, डाडु पन्यौ। ग्रिह मन्त्रालय पुगे सि त राज ग्रिह मन्त्रीकै हुने भयो। अड्डाँ बसेर जति हल्ला गर्‍यो वा हल्लियो त्यति आफ्नो।


जिम्मालेलाई  एक रोगले गाँजे  भए पो आफ्नो ज्ञान बिज्ञान लगाएर ओखति भन्नु। अनेक रोग मात्र होइन महारोग लाग्या अभियोग छ।
नसुतुन्जेल निद्रा नलाग्ने, सुते पछि सपना देख्ने। सपनामा श्री देबी, फूलन देबी देखि देब देबी देख्ने। ब्यूंझे पछि एक्लै खातमा लात हान्दै गरेको भेटिने।
भोक लागे पनि न लागे पनि खाने,  साहु कै अगाडी ढ्याउुउुउुउुउुउुउु गर्ने। भूँडी बढ्यो भन्दै एक दिन बर्त बस्ने, भोलिपल्ट अघिल्लो दिनको प्याजमा ब्याज समेत जोडेर हसुर्ने।
कति रोग कति महारोग। गिन्ती गरेर साध्ये छैन, अझै छिट्टै जन्ती जाने कुरा अर्छ, बुढा। तारेमाम्।

Last edited: 02-Jan-08 03:49 PM
Read Full Discussion Thread for this article