Posted by: amitraja January 2, 2008
Just a Thought : अंेरिका को चक्कर घनचक्कर
Login in to Rate this Post:     0       ?        

ओहो द्श बजी सके छ राति राजा दाइ कहाँ बाट फर्किदा ढिला भये छ बिहान उठ्नै गाह्रो  भयो। document बनौ न checklist हेर्न साथ सातो गयो। bank balance रे वडा रे क रे के के हो के के। ए साचै काका को घर मा जन्छु मेरो भाइ ले जे जे document बनाको छ exact बनाउ छु थर मिलि हाल छ नाम मात्र change गर्ने त होनि। बाउ ले consultancy मा बुझाउन दे को पैसा सकिहाल्यो अब कहाँ बाट ल्याउने हो कुन्नि। ये हिजो राजा दाइ को घरमा जीते को पैसा त अलि अलि छ। हिजो पर्न पनि गजब कै माल परेको थियो माल त भर्मार् पर्ने हो मलाइ। राजा दाइ को बाउ को अगाडि माल माल भन्न लाजै लाग्ने, हुन पनि केटाहरु जे लाइ पनि माल भन्छन्। अब बाबाजि ले तान्ने पनि माल रे, क्यबिन को मैया पनि माल रे, marriage मा पनि माल रे, घर मा महङो गहना पनि माल रे, मेरो बाउ ले भन्सार बाट सन्सर् गुटुमुट्या को पैसा पनि माल रे येस्तो पनि हो त। CIA र KGB ले माल को Code मात्र decode गर्नु परे पनि बहुलाउ छन्। म मन मनै हासे…

फेरि काम कुरो एका तिर कुम्लो बोकि ठिमि तिर भने झै  document बनाउन छोडेर के सोचिरा होला, बरु junction मा गएर एक लगाएर जानु पर्यो काका को घर। काका को घर पुग्ना साथ बाहिर काका को car न देखे पछि ढुक्क भयो नत्र बुढा ले देखे कि भेजा हावस् गर्न थाल छन्, भाइ अंेरिका गए देखि काकी ले चाहि धेरै माया गर्नु हुन्छ, हुन पनि नेपाल मा हुन्जेल् भाइ र म त नङ् मासु जस्तै,,,,,, महिना मा १५ दिन म काका को घरमा बस्थे १५ दिन भाइ मेरो मा।

ठिकै छ अब US मा सङै बस्नु पर्छ 7 up  होकि के हो cold store मा काम गर्छ रे।  काकी ले भाइ ले बनाएको सबै document दिनु भयो। सबै भन्दा पहिले bank balance को document बनाउनु पर्ने रे। बाउ सँग छल्फल त गर्नै पर्यो। बाउ को पनि मूड हेरेर कुरा गर्नु पर्छ सधै बुढा beer खाएर आउछन्,  आमा ले ठिकै भन्नु हुन्छ बाउ को office भन्सार हो कि beer bar बुझ्नै सकिन्दैन। आज चाहि बुढा फ्रेश् नै छन् हुन पनि आजकाल अख्तियार् को यार हरु तयार भएकोले भन्सार तिर party अलि कम नै हुने गर्छ।

“Dad, मेरो document बनाउनु पर्ने”
Dad:  “ अस्ति, भर्खर् तलै पैस देको हैन”
“ पैसा को मत्र कुरा होइन, bank balance देखाउनु पर्छ, हजुर को baank manager uncle सङ कुरा गर्नुन”
Dad: “हेर येस्को बुधि, baank balance पैसा दिएर बनाउने त्यो पनि बनेपा शाखा को ”
“हजुर् पनि  tension भैरा बेला joke गर्नेत, मम्मि को नाम मा काठ्मान्डु को bank मा तेत्रो पैसा हुँदा हुँदै बनेप शाखा मा पैसा तिरेर किन देखाउने

Dad:  “तेसै ले त तँलाइ आमा को छोर भने को, बुधि जति सबै मावलि तिरको आको छ, तेरो Mummy को baank balance देखाए भने भोलि नै अख्तितर् को raid पर्दै न”
“ म American Embassy मा Visa लिन जान लागेको हो, अख्तियार मा होर”

Dad:   “नकरा, खुकुरी भन्दा कर्द लाग्ने बाउ भन्दा छोरा जान्ने”

“तेसो भए भोलिनै मलाइ पैसा दिनु त”  भन्दै आफ्नो कोठा भित्र छिरे

contd...........

 

 

Last edited: 02-Jan-08 01:14 PM
Last edited: 06-Jan-08 01:50 AM
Read Full Discussion Thread for this article