Posted by: waka January 1, 2008
नयाँ बर्ष
Login in to Rate this Post:     0       ?        

धेरै बेकार चल्ने गिदी भन्दा कर्म खोज्ने हात भएर
धेरै योजना हाँक्ने गफ भन्दा माटो रोज्ने माथ लिएर
भड्किएका मनलाई जोडने आधारको खम्बा भएर
रगतका टाटाले बिटुलिएका अपुरा आस्थाका आशा खोजेर

नब प्रभात शान्तिको ज्योति पोखी गाउ भरि छिरोस्
नब बर्षा कान्तिको मोती पोती घाउ भरी छिरोस
नब जोश होश बोकी नेपाल सिगार्न अघी बडोस
नब सोच मोह त्यागी भाईचारी सिकाउन अघी पुगोस

सुद्द मनमा बुद्द रोपम  मामाताको आचल ओछ्याई
दुश्ट मनमा ज्ञान भरम समानताको पाठ घोकाइ
सदभाब सबमा सदमार्ग रोजौ नेपाली माटो फुलाई
श्रम र शिप, हर्श र उल्लास उनौ एकै पाटो  बनाई

Read Full Discussion Thread for this article