Posted by: pjna007 December 31, 2007
एसियन साथि
Login in to Rate this Post:     0       ?        
                                                   एसियन साथि
 
कुरा अली अगाडी को हो, म  नेपाल बाट भर्खर आ थिए -- क्लास पनि त्यस्तै भर्खर भर्खर सुरु भा को थियो--बर्षदिन के बर्सौ सम्म एउटई ग्रुप मा झुन्ड बनाएर स्कुल जाने आउने  नानि देखि को बानि --या आएपछि साथी नभएर जिल्लै परियो  । साथि पनि के साथि, छेउ को लाइ हाइ  भन्यो मन लागे  फेक ङिच्च हास्या जस्तो गर्यो बस्।
 
दुइ चार दिन पछि मैले नोटिस गरे- एउटि एसियन जस्तो देखिने केटि सङ मेरो दुइवटा क्लास मिल्दो रहिछ। पाचौ दिन पछि त्यो मेरो नजिक को कुर्सि मा बस्न थालि। कुरागरियो-- उ भियतनामि रहिछ, उ पनि म जस्तै साथि नभएर जिल्ल परेकि रहिछे, मैले आफु नेपालि हो भनेको नमस्ते को पोज मा हात जोडेर बुद्धा पनि भनिहालि। पछि भन्थी उसलाई भने म इंडियन जस्तो लाग्यो रे अनि म नेर बस्न आएकी रे -- यसरि मैले एउटा साथि बल्ल तल्ल बनाए।
 
क्वि यान नाम लाइ अंमेरिकानाइज्ड गरेर किम बनाएकि रहिछ ठिकै गरिछे नत्र म त्यस्को नाम भनेपिछे हास्थे होला छोटो पारेर बोलाउदा कुहिया जस्तो सुनिने। किम पनि भर्खरै आएकि रहिछे उनिहरु का तिर पनि स्कुल,साथि सबै कुरा हाम्रै नेपाला जस्तो हुदो रैछ , अनि हाम्रो कुरा मिल्ने नै भयो नि। हुन त यहा केटि केटि साथि भयो भने के के सोच्छन अरे भन्ने सुन्या हो तर आफु बेग्लै संस्कार मा हुर्क्या भएर त्यस्तो कुरा खासै याद गरिदैन रहेछ।

अलिक पछि तिर अरु दुइ -- एउटि म्याक्सिकन र अर्कि कुहिरेनि हरु पनि थपिए, तर त्यो ग्रुप प्रेसेन्टेसन वा ग्रुप जस्ता वर्क संङै बस्नै पर्ने कारण हरु ले गर्दा मात्र। तिनिहरु को नाम बाहेक हामिलाइ केहि थाहा भएन पछि समेस्टेर सकियुन्जेल सम्म। 
 
किम र म खुब मिल्थियोउ मलाइ पनि नेपाल कै साथिहरुको झल्को लाग्थियो, ति दुइ क्लास बाहेक हामि सङै खान जाने देखि लाइब्रेरि मा बसेर पढ्ने गर्थिउ।
स्कुल नहुदा कहिले काहि मल सल पनि खुब चाहरिन्थियो खुब रमाइलि थीइ, किम हास्न हसाउन देखि दुख का कुरा सुनाएर आफ्नै जस्तो ठानेर रुन सक्ने स्वच्छ ह्रिदय भएकि साथि पाएर मलाइ पनि नियस्रो कम भएझै लाग्थ्यो।  नमस्ते, आइज, भोलि, जस्ता दुइ चार नेपालि शब्द हरु पनि सिकिसक्या थि । 
उस्को बोयफ्रेन्ड भियत्नाम अर्मि मा रहेछ  एकबर्श पछि उ पनि जागिर छोडेर यतै पढ्न आउन लागेको छ भन्थि।
"किम तेरो बोयफ्रेन्ड आएपछि त लाइ बोल्ने फुर्सद नि नहोला है" म उस्लाइ जिस्काउथे।
 
"त्यति बेला सम्म त पनि एउटा खोजि हाल अनि सबै जना झन रमाइलो हुन्छ" उ झन पाएसम्म मलाइ उडाउथि।
 
सेमेस्टर को अन्तिम दिन मलाइ कस्तो कस्तो नरमाइलो लाग्यो त्यहि  हो नि -मन त मेरो नेपालि हो भन्या जस्तो- सङै पढ्या साथि सङ छुट्टिने बेला मा कस्तो कस्तो लाग्ने । नेक्स्ट सेमेस्टर किम र मेरो  संगै क्लास पर्या थियन। अरु दुइटि केटि हरु सि यु गाइज भन्दै टाप दिए। किम र म अरुबेला जस्तो निकै बेर गफगाफ गर्यौ, खाजा साजा खाएर छुटियौ।
 
यस्को मतलब हाम्रो स्वच्छ मित्रता को अन्त्य भएको भने होइन नि फेरि-- आफ्नो आफ्नो क्लास बाहिर हाम्रो दोस्ति जिउदै थियो।
 ----
 
क्रिस्मस आयो --मैले किम र उस्कि दिदि भिनाजु हरु सङ क्रिस्मस मनाए -- भियात्नामि भन्नसाथ  युद्दले अक्रान्त भएका रोगि गरिब जस्ता देखिने मान्छे वा चुच्चो बास ले बन्या छत्रे ह्याट लाएर फार्म मा काम गर्दै गरेका किसान हरु मात्र हुन जस्तो लाग्ने मेरो सोचाइ पुर्णत चेन्ज भएर गएको थियो-- तिनिहरु लाइ देखेर।
नेक्स्ट सेम सुरु भई सक्या थियो, एक दिन क्लासामै थिए किम को txt mess. आयो pjna i hv smt 2 tl u  exctin news ..pl. cm 2 caft. 
मलाइ सुन्न हतार लाग्यो क्लास सिदिना साथ कुदे क्याफ्टेरिया तिर।
उस्ले सुनाइ होवान, उस्को बोयफ्रेन्ड एक महिना को लागि अर्मि कै  ट्रेनिङ को लाइ आउदै रहेछ,  उस्ले भर्खर इमेल चेक गर्या रैछे अनि पो फुर्केर भुइन भाडा भाकि रैछे।
मलाइ पनि खुसिलाग्यो भेट नभएको भएपनि फोटो मा देखदेख भएको थियो किम ले म र होवान लाइ इन्डाइरेक्टलि चिनाइसकेकि थि।
 
उस्ले फुर्कदै भने " त कहिले फ्री हुन्छेस? " मैले  "किन?"  सोध्न नभ्याउदै फेरि भनि "मलाइ अलि अलि नया कपडा हरु किन्नु पर्यो नि हाहा"
 
"होवान ले  भियतनाम बाट के गिफ्ट  ल्याऊ भनेर लेखेछ, तलाई पानी एउटा राम्रो गिफ्ट ल्यौना लाउछु  तलाई मन पर्या केही छ? " मलाइ बोल्न नदीइ एक्लै बोल्या बोलै गर्छे।
 
"पख है म सोचेर भन्छु यसो मौका बार बार आउदैन सोचेर भन्नु पर्छ " मैले हास्दै भने।

 भोलि शपिङ मा जाने प्लान बनाएर दुबै हास्दै निस्कियौ।
 
---------
 
भोलि पल्ट घुम्नु घुमियो - पाइन्ट, स्कर्ट हरु किन्न लाइ किनि तर टिशर्ट कुनै मन पर्दैन --स्टायल मन पर्या कलर मन पर्दैन --कलर मन पर्या कि सानो हुन्छ, कि ठुलो हुन्छ खोज्दा खोज्दा हैरान।

बल्ल बल्ल होलिस्टर मा एउटा त्यसलाइ मन पर्ने टिशर्ट देखियो।
 
"हो हो यस्तै मैले खोजेको देखिस" फुरुङ पर्दै भनि।
 
"ल ट्राइ गर्न त त्यसो भए म  हिड्दा हिड्दा थाकिसके"  मैले भने।
 
भन्न त भने, तर त्यहि डमि मोडल मा राख्या मात्र लास्ट पिस बाकि रहेछ। अब भयो-- सेल्सग्रल पोलाइट हुदै भन्दै थि, नया शिपमेन्ट नेक्स्ट विक आइपुग्छ  नेक्स्ट विक आउन मिल्छ भने आउनुस न है। यस्तो स्याम्पल पिस चाइ हामि त्यति बेच्दैनौ "  किम किन मान्थि र उसलाइ मन परेपछि पर्यो पर्यो - म्यानेजर लाइ भनेर अनेक गरेर निकाल्न लाइ त्यो टिशिर्ट।
 
"ल पर्खि है" उ गै बोकेर फिट्टिङ रुम तिर।
 
जान त गै तर एकछिन पछि स्स्स..! स्स्स..! गर्दै "यहा आइज न" भन्या जसरि गरेर इशारा ले बोलाइ ।
ह्याभि लेदर को पर्दा ले छेकेको त्यो ट्राइअल रुम भित्र किम बुख्याचा जस्तो उभ्यारहिछे --नमिल्या टिशर्ट लाएर। भएछ के भने बाहुला चाइ नभएको गला को पछाडि तुना जस्तो डोरि ले बाध्नु पर्ने, पहिला हो त्यो तुना मिलाएर मात्र अरु तिर को मिलाउन पर्ने टि शर्ट पनि त्यस्ले खोजेजस्तै "वान पिस' रहेछ।
 
त्यस्लाइ देख्न बितिकाइ म खित्का छोडेर हास्न थाले। "चुप लाग है बाहिर सुनेभने के भन्लान" रिसाउदै उस्ले भनि "आइज न पछाडि को तुना मिलाइदे।"
 
म भने हास्या हास्यै थिए।
 
बल्ल तल्ल मिलाइ। अनि घुमि घुमि ऐना मा  फ्रन्ट प्रोफाइल भिउ हेर्न थालि ,  हेरिसकेपछि
"किनौ कि नकिनौ" अलि कन्फ्युज भए जस्तो गरेर मलाइ सोदि प्राइस पनि राम्रै थियो नि, म भए प्राइस हेरेरै कन्फ्युज भैसक्या हुन्थे उस्ले त लगाएर चेक गरेपछि भैछे।
 
 "नकिने अर्को पटक अौनै लाज हुने जस्तो भैसक्यो खुरुक्क किन यति गरिसके पछि के भन्ला"
मैले किनाउने हिसाब ले सल्हा दिए। त्यहि किन्ने नकिन्ने सल्हा हुदैथियो-
" आर यु गाइज डोइङ ओके?" म्यानजर अलि ठुलो स्वोर पारेर लेग्रो तान्दै हामिले सुन्ने गरि ढोका बाहिरै बाट बोल्यो ।
 
म पर्दा बाहिरै थिये टाउको तन्काउदै म्यानजर तिर हेरेर भने "ओह् या या !   "
 
त्यस्को मुख को कुटिल मुस्कान ले मलाइ सम्झिन बेर लागेन-- त्यसले अनर्थ लगायो कि क्या हो --- रिस उठ्यो---मन्मनै गालि गरे "शट अप यु मोरा डर्टि माइन्ड!"
 
" किम त्यसले हामी भीतर बस्या के के सोचे जस्तो छ हरी अप ग्रल" मैले भने  ।
 
"What do you mean?" किम भित्रै बाट बोलि।
 
"you know what I mean...lets get the hell outta here" मलाइ नि त्या बाट कति बेला निस्कियौ जस्तो भएर आयो।
 
" Hell  NO!!!"  कराइ उ  "व्हाट डज हि नो अबाउट आओर एसिअन कल्चर एन्ड फ्रेन्डशिप -इडियट u know what these people know only one thing -garbage mind !"  रिसौदै निस्की किम ।
 
रजिस्टर मा पनी  हमिलाइ हेर्दै कुटिल ले चाल  निच्चा हस्दै थियो त्यो म्यानजर र अघि कि सेल्स गर्ल ।
"बन्दर क्या जाने अदरक का स्वाद"  त्यसको अनुहार हेरेर मलाइ अझ रिस उठ्यो भुत भुताउदै बाहिर निस्किए.
" ya अदाराक Idiot!  " किम पनी म संग संगै लागेर त्यसलाई गालिगर्दै थी ।
 
                                                          Thanks for reading &
                                                       Happy New Year 2008 to you all !
Read Full Discussion Thread for this article