Posted by: Rahuldai December 30, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

सुर न ताल जी,
फस्ट भएको मा बधाइ। बिभिन्न कारणले नियमित लेख्न सकिन। छिट्टै समापन् अंक राख्ने प्रयासमा छु।


चित्रेजी,
जीवन आँशु र हाँसो को संगम न हो। छाती भित्रको अथाह् पीडालाई आँशुमा होइन हाँसोमा डाइलुट गर्ने प्रयासमा हुन्छु।


pijna07 जी,
 ani hajurko chorikomom yaniki your real GF le ke grnu bhayou rahulvaidai.
छोरीको मम्मीले के गर्नु भयो भन्ने कुरा अहिलेइ भनि नहालुं, कथाको अन्तमा त्यो पनि स्पष्ट हुने नै छ।


बिर्खे जी,
समय र हात दुखाईको संयुक्त दवावमा छोटो हुन गएकोमा क्षमाप्रार्थि छु। भाषामा त्रुटी भएको छ भने सचयाइ दिनु होला। धन्यबाद।


रिट्ठे जी,
सके त त्यो ओरिजिनल चिट्ठीकै फोटो कपि हाल्थें। हाम्रो जमानामा फोटो कपि सुलभ थिएन र कपि राखिएन। सम्झे जति जस्ताको तस्तै राख्ने छु।

चनाजी,
त्यो चिट्ठी छिट्टै राख्ने छु। प्रश्नको उत्तर त pinja07 कै साभार गर्नु होला।

दीपिका जी,
त्यो जोक जस्तो लागे पनि भोक थियो। मन भित्रको उकुसमुकुस पोख्ने भोक।

क्रेजी लभ जी,
छोटो भए जस्तो लागेन। समय र दुखाईले अनुमति दिए जति लेखेकै थिएं। त्यो भन्दा बढी तपाईं आफै उत्क्रिष्ठ कथाकार हुनु भएकोले पात्रलाई न्याय गर्न कति गाह्रो छ भन्ने थाहा नै होला। सत्यलाई जस्ताको तस्तै उतार्नु अनि पात्रलाई न्याय गर्नु गाह्रो हुंदो रैछ। ( मेरो ब्यक्तिगत बिचारमात्र पनि हुन सक्छ।)

wow.nepal जी
"ये दिल मांगे मोर्" म आफै भनिराख्या छु। सदभावको लागि धन्याबाद।

Read Full Discussion Thread for this article