Posted by: Nepal ko chora December 29, 2007
सोचे जस्तो हुन्न जिवन………..
Login in to Rate this Post:     0       ?        

मिस दिदी,
धन्यबाद छ हजुरको त्यो मिठो मुस्कान को लागी।

 

दिपिका,
हजुरको ति भावपुर्ण शब्दहरु ले देवकोटाको "आयो टप्प टिप्यो लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो" भन्ने पन्क्तीहरु याद आए। हो, मान्छे भएर जन्मे पछी एक दिन त मर्नै पर्छ। तपाइ जस्तो कुशल लेखिका लाइ यो कथा मन परेको सुन्दा म हर्षबिभोर भए। मौका मिले अरु कोशेली पनि पस्किने प्रयास गर्ने छु। बरु हजुर को अर्को कोशेली कहिले पढ्न पाइने हो कुन्नि?

My_views,

तपाइ लाइ कथा मन परेको सुन्दा मलाइ खुसी लाग्यो। तपाइका ति मिठा शब्दहरु प्रती म आभारी छु।

 

Kancha01,

समय निकालेर पढि दिएर ब्यक्त गर्नु भएका ति गुलिया शब्दहरु को लागी मुरी मुरी धन्यबाद छ तपाइ लाइ। समय ले साथ दिए अरु आउने दिनमा अरु कोशेलीहरु लिएर आउने कोशिस गर्नेछु।

Read Full Discussion Thread for this article