Posted by: waka December 29, 2007
नबगाउ अनमोल आशु तिमी
Login in to Rate this Post:     0       ?        

नबगाउ अनमोल आशु तिमी
यसका लागि मेरा नयन काफी छन
सारा दु:ख देउ मलाई तिमी
यो जीवन यसकै लागि बाँकी छन


 हर खुशी मेरो तिमीलाई ,दर्द म पीइ दिन्छु
हर प्रयास मेरो यहि,जली मै उजी ल्याइ दिन्छु
चोट जती सबै मलाई,मुटु भित्रै आँफै साची दिन्छु
सबै संकट तिम्रो खोसि,आशीश् स-री थापी दिन्छु

नलगाउ मलिन अनुहार तिमी
यस्का लागि मेरा ओठहरु बाँकी छन
नहाल दु:खका सुस्केरा तिमी
यो छाती यस्कै लागि खाली छन

हर पिडा तिम्रा मलाई,आशाका किरण तिमीलाई दिन्छु
हर घाऊ तिम्रा मलाई,स्नेह्को श्पर्श तिमीलाई दिन्छु
छट्पटी जती सबै लुटी,दिल भित्र लुकाइ दिन्छु
सबै उदा-सी तिम्रा चो-रि,खुशी जती फुलाई दिन्छु

Read Full Discussion Thread for this article