Posted by: pops December 28, 2007
कीर्तिपुरको याद आयो
Login in to Rate this Post:     0       ?        

मलाई आज कीर्तिपुरको याद आयो, अन्य साझा बासीलाई आयो की आएन कुन्नि?

नयांबजार, तिनकुने, पाङा दोबाटो, ट्याङ्लाफांट, भाजङ्गल, डांडाको टुप्पोमा रहेको बाघभैरबको मन्दिर, चोभार जादा कालु पाण्डेको सालिक, २१ नम्बरको साझा बस, अलि पर भत्केपाटीमा पानीका धाराहरु को याद आयो क्या।

डांडाको फेदि देखी माथि सम्म अटेस मटेस गरेर बसेका पुराना र नयां घरहरु। राती शहर(किर्तिपुरबासि मुख्य काठमाण्डुलाइ शहर भन्छन) बाट कीर्तिपुर फर्कदा झिलिमिलि देख्दा मनै फुरुङ्ग हुन्छ।

बेलुकि तरकारि किन्न निस्कने बिध्यार्थीहरुको भिडले पनि एककिसिमकै मजा अौथ्यो। कहिले काहि तल टि यु तिर घुम्न झर्यो। जङ्गलम कहिले काहि जोडिहरुको "लीला" पनि हेर्न पाइन्थ्यो।


यहालाई पनि याद आयो कि? अरुलाई पनि बाडौ न त।

Read Full Discussion Thread for this article