Posted by: wow.nepal December 28, 2007
मेरो जीवनसाथी हौ तिमी!
Login in to Rate this Post:     0       ?        

तिमी नै मेरो जिउने आधार हौ, तिमी नै मेरो जीवन को पहिलो ज्ञानको श्रोत हौ!
तिमी नै मेरो पहिलो साथी हौ, तिमी नै मेरो पहिलो प्रेमिका हौ!
तिमी नै हो जस्ले मलाई खुशी दिन्छ, तिमी नै हौ जसले म मा उमंग छाउंछ!
तिमी नै हौ जसले मलाई उत्साहित गराउन्छ, तिमी नै हौ जसले म मा विश्वाशनियता जगाउंछ!         हो म निशंकोचित भन्न सक्छु मेरो जीवन साथी हौ तिमि! मेरो जीवन साथी हौ तिमि!!

 

तिमी बिनाको जीवन कल्पनारहित छ, तिमी बीना को जीवन केवल निरश छ!
तिमि बिना त जीवन् रित्तो छ, तिम्रो अनुपस्थिति मा त जीवन् नै अंध्यारो छ!
तिमी बिनाको पल म सोच्न नि सक्दैन, तिमी बिना त म बांच्नै सक्दैन!
तिमी बिना त मेरो अस्त्तित्व नै रहंदैन, तिमी बिना त म भित्र को आत्मा नि रहंदैन!
हो म निशंकोचित भन्न सक्छु मेरो जीवन साथी हौ तिमि! मेरो जीवन साथी हौ तिमि!!

 

तिम्रा हरेक शब्द मेरो लागि प्रेरणा का श्रोत हुन्छन्, तिम्रा सबै बात्  मेरो जीउने आधार् बन्दछन्!
तिम्रा हरेक् उपदेश् हरु मेरा मार्गदर्शक् हुन्छन्, तिम्रा सबै कथा हरुले म भित्र जीवन् भर्दछन्!
तिमि ले नै मलाइ मानिस् बनायौ, तिमि ले नै मलाइ मेरा गल्ति हरु चिन्न सिकायेउ!
तिमि ले नै मलाइ नैतिकता सिकायेउ, तिमि ले नै मलाइ सदैब् सफलताको मार्ग देखायेउ !!
हो म निशंकोचित भन्न सक्छु मेरो जीवन साथी हौ तिमि! मेरो जीवन साथी हौ तिमि!!

 

मेरो जीवन् को अभिन्न अंग हौ तिमि, मेरो जीवन् को हरेक् खुशि हौ तिमि!
मेरो लागि ग्यान् को जननि हो तिमि, मेरो लागि त सबै थोक् हौ तिमि!
मेरो दुख को घाउ को मल्हम् हौ तिमि, मेरो एक्लो पनाको साथ् हौ तिमि!
मेरा तर्क हरुको आधार् हौ तिमि, मेरो लक्ष्य को खुड्किलाहरु  हौ तिमि!
हो म निशंकोचित भन्न सक्छु मेरो जीवन साथी हौ तिमि! मेरो जीवन साथी हौ तिमि!!

 

मेरो लेखाइ मा शब्द तिमि बाट आये, मेर शब्दहरुमा भावना तिमि बाट आये!
मेरो जीवन् का मुल्य-मान्यता तिमि बाट आये, मेरो जीवन् का गीतमा शब्द तिमि बाट आये!
मैले सिकेका हरेक् कला हरु तिमि बाट आये, मैले सिकेका हरेक् संश्कार् हरु तिमि बाट आये!
मेरा जीवन् का आदर्श हरु तिमि बाट आये, मेरा हरेक् प्रश्नका उत्तर् हरु तिमि बाट आये!
हो म निशंकोचित भन्न सक्छु मेरो जीवन साथी हौ तिमि! मेरो जीवन साथी हौ तिमि!!

म बारम्बार् दोहोर्याउन चाहन्छु, र तिमिलाइ हरेक् सामु चिनाउन चाह्न्छु!
हो मेरो एक्लोपन् को साथि हौ तिमि,  मेरो बांच्ने आधार् हौ तिमि!
हो मेरो ग्यान् को श्रोत् हौ तिमि,  मेरो जीवनसाथि हौ तिमि!
मेरो पुस्तक् हौ तिमि! मेरो पुस्तक् हौ तिमि!!
तिमि जुन्सुकै रूपमा आये पनि, मेरो लागि उदार् भयेर् आयेउ!
कथा बनेर आयेउ, कबिता बनेर आयेउ, उपन्यास् बनेर आयेउ, ग्यान् को सागर् बनेर आयेउ!
तिम्रा हरेक् रुप् मेरा जीवन् का अंग बने, तिम्र हरेक् शब्द हरु मेरो जीवनका रंग बने!         हो मेरो पुस्तक्, म निशंकोचित भन्न सक्छु मेरो जीवन साथी हौ तिमि! मेरो जीवन साथी हौ तिमि!!

Somehow it came in my mind and thought to give one more try. Hope you will enjoy it! 

wow.nepal



 

Read Full Discussion Thread for this article