Posted by: Birkhe_Maila December 28, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        

यो धागो बिर्सिकिएछ! लेख्न खोजेको हिजो सकिएन, धेरै भएछ नलेखेको। यो एउटा निर्माणाधीन अन्यौल राख्दैछु, लेखेर मनको भूकम्प थमाउन खोजेको के सकिन्थ्यो र!

शब्दहरु-

म शब्दहरु छर्न खोज्छु
सेता सफा पानाहरुमा
आफेँले नबुझेका
बर्षौँ नसुल्झिएका
काला पिडाहरुको अर्थ,
गहिरा अत्यासहरुको अर्थ,
आफेँले छरेका शब्दहरुमा खोज्न थाल्छु।
सिङ्गो कडा ढिक्का बनेको
मेरो तरलता, मेरो सरलता
कतिबेला जमेर चट्टान भएछ
थाहा पाउने आसामा;
म चट्टान र नदी लेखेर,
त्यसको अर्थ खोज्न थाल्छु
सेता सफा पानाहरुमा!

बल्छि चलेको छ मेरो पौडीमा।
र अल्झेको छु म कतै,
तिखो घुमाउरो सुइरोमा।
पटक पटक रन्थनिदै,
फुत्कने प्रयास म अक्षरमा गर्छु,
अक्षर संगै कालाबाजि खान्छु,
म पौडी र बल्छि लेखेर;
म झुन्डिनुको अर्थ खोज्न थाल्छु,
सेता सफा पानाहरुमा।

Read Full Discussion Thread for this article