Posted by: fewatal December 28, 2007
आज मलाइ.......
Login in to Rate this Post:     0       ?        

आज मलाइ
=========
आज मलाई अनौठो लागिरहेछ
सबेरै देखि बाढूली लागिराहेछ
प्राक्रित्तीनै अनऔठो लागिरहेछ्
खै थाहा छैन मलाई आज के भा छ।

मेरो स्पन्दन नै अर्कै भए जस्तो छ
नया र अनौठो  स्पन्दन चली राछ
आफ्नै शरीरले अर्कै किसिम्को भावना पोखिरा छ
थाहा छैन मलाई आज के भैइ रा छ।

प्राक्रित्तीनै सबै उजाड देखिराछु
बिहानिका ति कोइलिका आवाजहरू, आज सुन्सान छन्
एकदम अर्कै सुन्सान,यी सब् मेर मित्रहरू
खै थाहा छैन आज मलाइ के भैराछ
यो मेरो एक्लो जिन्दगीमा।

ति ढुकूर्का कूर-कूर आवाजहरू
ति सबै चरा-चुरिङ्गैहरू खै कता गए आज?
प्राक्रित्तीनै  अनौठो लागि र्हेछ मलाई
म उनिहरूसङै कुरा गर्थें,भला कुसारी गर्थें
तर आज मलाई एक्लै पारेर गए
खै कता गए,कता!मलाइ एक्लै छोडेर,
यो भयनक् मरूभूमिमा आज।

आकाश नियाल्छू टोलाउंदै
क्षीतिज् पारी हेर्छू अनी कोशीस गर्छू
तिनिहरूलाई हेर्न तर सकिन मैले ठम्याउन
कि उनिहरू क्षीतिज्  पारी नै छन भनेर
जिरिङ्ग हुन्छ मेरो शरीर,बिलसित हुन्छ यो मन
अनी तेहि मेरो सानो संसारमा भूल्न कोशीस गर्छू
खै के भैइराछ मलाई म भन्न सक्दिन।

एक्लै आफ्नू अंधेरो संसारमा टोलिंदै बंसे
आत्मा खिन्न पार्दै, बसें गुनगुनाउदै,
अफूले अफूलाई समाहल्न खोजें
उस्कै प्रतिक्षाम बसी राखें
बसिरहें तर छैन आसा फर्की आओने
छलिरहे अतित्का सम्झनाहरू,
हराइ रहें बिस्म्रितिक क्षण्हरूमा,
यस्तै यस्तै थाहा छैन मलाई आज केभा छ  !!!

=========धन्यबाद==========

Read Full Discussion Thread for this article