Posted by: world_map December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        
लौ बल्ल सिद्यो काम आजको लागि। 

हा हा! दिप ज्योले कति रमाइला सम्वादको परिकल्पना गर्नुभएको! हामी तपाइको बाटो हेरिरहेका थियम्, कतै टुप्लुक्क
आइहाल्नुहुन्छ कि भनेर!

नेपे दाजीको गजल अनि गजलको गहिराइ वर्णन गर्ने कला बेजोड लाग्यो। रातको अन्तिम प्रहरमा झ्याप भएको बेलामा
समेत गजलको रसास्वादन गराएर वातावरणलाइ अझ रंगीन बनाइदिनु भएको थियो। मलाइ पहिलो पल्ट भेट्दा उँहाको
मुखबाट निस्केको शब्द म कहिल्यै भुल्न सक्दिनँ, " ए! तपाइ चित्रे हो? तपाइसँग त मलाइ धेरै पहिलेदेखि नै भेट्ने ईच्छा थियो।"

राहुलदाइको सेन्स अफ ह्युमरले हरेक शब्दमा हँसाइरहन्थ्यो, शब्दले नभए कृयाकलापले, अनुहारको एक्सप्रेशनले समेत
राहुलदाइको हास्यरसलाइ जिवन्त बनाउँथ्यो। मेरो चौतारीप्रतिको प्रतिबद्धताको बयान गर्दै भन्नुभएको शब्द पनि म भुल्न
सक्दिनँ,"चित्रे चौतारी प्रति निकै कमिटेड रहेछ, त्यहाँदेखि पिलेन चढेर आयो, फेरी सबैभन्दा पहिले टिकस बुक गराउने
पनि उही नै हो।"

पून्टेदाइ, कुशल आयोजक, गायक, अभिनयकर्ता र कहिल्यै बोर हुन नदिई ननस्पट हँसाउने पात्र। अनि त्यही समयमा
राजनिती, कला, साहित्य जस्ता गम्भीर विधामा पनि छलफल गर्न सक्ने, दाजुको अभिभावकत्व प्रदान गर्न सक्ने व्यक्तित्व।
छ्याङ्को बारेमा गर्नु भएको प्र्याङ्क चैं साह्रै रमाइलो थियो, नेचुरल एक्टिङ्!

चौतारी भेलामा भेटिएका अरू हस्तीहरूको बारेमा बिस्तारै लेख्नेछु ट्याम मिलाएर।

राहुलदाइको कविता दामी छ, नेउची भाउजूको लागि चैं महाकाब्य नै लेखम् है!

रिट्ठे त साच्चिकै रोबर्ट डेनिरो जस्तै देखिन्छ, अब देकि रिट्ठे डेनिरो भनेर बोलाउनु पर्ला!

नेउची भाउजू पनि केट विन्सलेट भन्दा कम देखिनुहुन्न।

झिल्के र सुन्तलेमा जदौ!
Read Full Discussion Thread for this article