Posted by: gobarganesh December 25, 2007
Is Nepal a Foolish State?
Login in to Rate this Post:     0       ?        
मित्रहरु,
तपाईंको घर भित्र हांडाचिन्डा बज्दा अरुले किन चासो लिन्छ नबुझी उसैको लहैलहैमा लाग्नु उसैको स्वार्थको खातिरदारी गर्नु हो। म देख्दै छु कर्नेल मेहता भन्ने फ्याउरो निकै अघिदेखी  स्वर सुकुन्जेल भटयाउंदो छ हामी देउसीरे हाल्या हाल्यै छौं। यसले बिलोमा पनि हराम गर्छ भाई हो। यस् पातकीका अन्तरमा कलमस छ, धुर्त स्यालले बाख्रा उछिट्याइरहेकोछ हामी यसको  भद्रोलाई गरुड पुराण भन्ठान्छौं बा।
उजेलो अनुहार( ह्यप्पी फेस्)--- पुरेत पातकी हुन्नन र? घत्] पर्ने सवै थोक  गायात्री हुन्नन हौ। घत पर्ने र घैंटामा घाम लाग्ने जिनिस छुट्याउन सक्नुपर्छ नत्र राजकुमार दिक्पालमा झैं मुन्डी जस्तो झुन्डिनुपर्छ कि ह्यामलिनको मुरली माइलोले पहाडी सुरुङको अन्दर  संधैका लागि सुताउंछ र हामी किंवदन्ती हुन्छौं। हेक्का रहोस्।
गोरखाली राजा पृथ्वीनारन अथवा कुमार बहादुर ठकुरीका कीर्तिका बोझ मुनी त हामी दबिएकै छौं नि ऐय्या भन्नु पर्छ र! तर १८५६ साल कात्तिक १९गते ( ०२।११।१७७९ )  कान्छी रानी कान्तिवती यछ्माले दिवङ्गत भए पछी रणा बहादुर ठकुरीले पशुपतिलाई तोपले पडकाउन थालेको, तुलजा भवानीलाई उखेलेर मसानमा मिल्काएको, ख्वप( भक्तपुरको ) बेताललाई बन्चरोले फोरेको, स्वयम्भुको हारती मातालाई गुहुको धुप दिएको, कुम्भेश्वर शिवलिङ्गलाई गुहुमुतको लेप लगाइदिएको बिर्सिदिने त? ०४।२१।१७८५ म वंशराज पंदे काटिए। ०६।२४। १७९७ म राजकुमार बहादुर शाह ठकुरीको हत्या भयो।०९।२८।१८०१ म कीर्तिमान सिंह काजी काटिए।०५।३१।१८०६ म राजा पृथ्वीपाल सेन, काजी त्रिभुवन प्रधान साहित तेर्ह जन भाईभरदर झुन्द्यैए व कटिए,  जुलाई छ १८६९ म भीम्सेन थापा सेरिए र बांकी थापाहरुको जनै झिकियो जातिच्युत पारिये, १७ मै १८४५ मा माथवर सिंह थापाको हत्या!भण्डारखाल र कोत पर्व सम्झाइरहनुपर्ला!! को जिम्मेदर छ्????
मैले उज्यएको सवाल मेहतालाई हो। फत्तुर गर्छौ! शरम करो!
भाई हो उहिले पनि रानीबारी छेउ लैइनबाट फिरङीहरुले गिद्द उडाउंथे हनुमानढोकामा बबस्न अहिले पनि नारानहितिमा उंधो परेर झुन्डिन चमेरा पठाएकै छन।
Read Full Discussion Thread for this article