Posted by: saru_bhakta December 20, 2007
जीवनका अन्तर्कथा अनी अन्तरबेथाहरु
Login in to Rate this Post:     0       ?        
Sorry Waiyat मैले भन्न खोजेको एउटा थियो तपाईंले अर्कै बुझ्नुभयो या भनु मैले बुझौन सकिन। जे होस् मेरो कथाको अन्त्य त्यसरी पनि हुन सक्थ्यो भन्नु को मत्लब त्यो English म लेखियको जस्तो हुन सक्थ्यो भन्नु थियो। मेरो कक्षा २ बाट सुरु भएको कथालाई एकैपटक jump गर्ने मेरो intention थिएन र छैन पनि। जे होस् फेरी पनि एक पटक sorry for misunderstanding भन्न चाहन्छु।

भाग २

भाउजु चिया ready भयो? सधैं ७ बजे उठने बानी लागेको ७ बजेको क्लास भ्यौनु छ आज मलाई। शायद घरको कान्छो छोरा अनी फेरी भाउजु मेरो दिदी जस्तो। आफ्नो भाई जत्तिकै गर्नु हुन्थ्यो। ५ बजे आँखा मिच्दै भाउजुलाई दिएको आवाज थियो मेरो। Morning School जोइन गरेथे मैले आफ्नो पुरानो घोटाले स्कुल छोडेर। सुनौलो घामको  किरणसँग नयाँ साथीभाइहरु बिच नयाँ भबिस्यको कल्पना गर्दै नयाँ school गएको थिएँ। भन्छन नि ज् लेखेको छ त्यही हुन्छ। त्यस्तो नै भयो मेरो जिन्दगीमा पनि। ३-४ दिन त राम्रै बितेक थिए। सबैले नयाँ साथी भनेर मायानै गर्थे। एक मन्मा लाग्थ्यो ज् गरौछ ठिकै गरौछ भगवानले। यस्तो राम्रो साथीहरु अनी यस्तो राम्रो बातावरण मलाई लेखेको रहेछ तेसैले छोड्नु पर्‍यो त्यो स्कुल। तर अर्को मनमा अर्कै कुरा। दैलो अगाडिको स्कुल छोडेर १ कोश हिंड्नु पर्ने।

Shiva Sir, मैले नबिर्सिने नाम हो यो। History को Teacher हुनुन्थ्यो वोहा। कक्षा ७ अनी पृथ्वी नारायण शाहको दिब्य उपदेश। ११ वोटा थिए। गृहकार्य थियो त्यो ११ वोटा कन्ठस्थ सुनाउन पर्ने। याद पनि गरेको हो। तर के गर्ने १० वोटा त खररर नै भनियो तर ११ नम्बरमा अलिकती गडबड भएछ जिन्दगी को मोड नै change भयो।  शायद त्यस्तो पिटाइ न कहिले खाइेको थियो न नै कहिले खाइन्छ होला। सानो भए पनि रिश उठ्यो मलाई। एुटा बाल मनोबिग्यान् लाई पनि नबुझ्ने कस्तो teacher होल जस्तो। त्यसपछी मैले change गरे अर्को स्कुल। नयाँ स्कुल, छेबैमा चल्चित्र मन्दिर । त्यस्पछी त के चाहियो जिन्दगीमा? पढ्नु सढ्नु कौने काम हलो जोती खाए माम् भनेजस्तो भो। तेस दिन देखी मेरो पढाईले उकाली लाग्ने नाम कहिले लिएन। १ रुपैया अनी तेस्रो दर्जाको टिकेट, हप्ता पिछे नयाँ फिल्म। कहिले मिथुन त कहिले धर्मेन्द्र। अब महेन्द्रमाला र सामाजिक शिक्षा अनी ईतिहास र भुगोल भन्दा पनि मलाई कुन फिल्ममा कुन हिरो छ भन्ने बढी याद हुन थाल्यो। सधैं कक्षामा प्रथम हुने छोराको marksheet म ७ बाट ८ मा जाँदा ३५% देख्दा कुन बाबुआमालाई दु:ख हुन्न र? तेस्ताइ भयो। गाली पनि खाए घरमा टन्नै अनी चित्त पनि दुख्यो बाबा मामुको। अब राम्रो पढ्छु भन्ने द्रिढ निस्चय गरे मैले। तर आफ्नो सोच जस्तो भएन। जती सुकै पढे पनि कक्षा ८ को जिल्ला स्तरिय परिक्षामा पनि म बल्ल बल्ल उतिर्न भएँ।

कक्षा ९ को पहिलो दिन। सबै आफ्नो सुरमा मस्त थिए। आज त नयाँ अनुहार पनि  देखियो। शायद अर्कै स्कुल बाट सरेका होलान कुनै न कुनै काहानीले गर्दा। कतिको मेरो जस्तो नै होलान कतिको अलिक फरक खाल्को। जे होस् कक्षाको माहोल अली फरक किसिमको थियो। पढ्नेमा नाम कहलाएक हरु फर्स्ट बेन्च्मा बस्थे भने म त नपढ्ने लन्ठु। मास्टरहरुको प्रश्नबाट जोगिन होला शायद पछाडिको row म लगायत अरु तेस्ताइ तेस्ताइ केटाहरुको लागि reserve थियो। पहिलो कक्षा, नेपाली सर। Roll Call हुँदै थियो। भर्नाक्रम अनुसार मेरो नम्बर १३ थियो। मान्छे अनुसारको roll number पाएको थिए मैले...... एउटा unlucky number । केटाहरु हौडेमा पनि नम्बर १ नै थिए। जस्को रोल नम्बर आउछ उस्को मुख छोपिदिन्थे जबर्जस्ती। रोल कल चलिनै रहेको थियो। कक्षा कोठाको ढोका बिस्तार खोलियो। शायद कोही आयो जस्तो छ। प्याजी रङ को कुर्ता सल्वार लगाएको थीन उन्ले। लामो सलल्ल परेको कपाल, नाकमा चिटिक्क परेको फुली अनी निधारमा अबिर को रातो टिका। शायद कोही त्यस्तो नहोला जो तेत्तिबेला उनी प्रती मोहित नभको होस्। "May I come in Sir?" अलि डर् मिसिएको आवज् थियो उन्को। सायद् नयाँ school अनि नयाँ दिन् भएर होला। सेकेन्ड बेन्चमा अरु केटी हरु सँगैबसिन आएर। मेरो आँखा हटेन उनिबाट। नेपाली सरले सोध्नु भयो उन्को नाम। केही लजाउदै अनी केही डर मिसौदै उत्तर दियिन उन्ले......Sir...umm..... सरु।


क्रमस:


Read Full Discussion Thread for this article