Posted by: Nepal ko chora December 20, 2007
मेरो अनुमानमा सझा बासि
Login in to Rate this Post:     0       ?        

ओहो सुरनताल ज्यु ले रमाइलो धागोको सुरुवात गर्नु भएछ।


अब सुरनताल जि सङ त पुरानो दोस्ति हो के रे, आफ्नो त। बिकाश जि को धारणा सङ म पनि १००% सहमत छु। म चाइ "घ्यु जस्तो मान्छे" को उदाहरण दिनु पर्दा सुरनताल जि को नाम लिन्छु। फेरि पढाइ देखि स्टेजमा कम्मर मर्काउने देखि, मादलको ताल म दोहोरी अनि भकुन्डो हान्न पनि उत्तिकै माहिर मान्छे। फेरि लेख्न पनि उत्तिकै पारङगत।

 

लौ न दिपिका जि लाइ उमेर घटाइ देको मा किन तेस्तो पीर परेको नि? मलाइ त म १९९० को भन्दे देखि त नाच्थे पो होला के रे।  आज बिहान ऐनामा एसो नियालेर हेरेको त २-४ ओटा फुलेको कपाल पो देखे, दिक्क लागेर आयो।  हुन त कपाल नै फुल्ने बेला त भको छैन, पक्कै पनि भान्सामा शेफ ले जस्तो टोपी नलगाइ काम गर्दा नून, बेसर ले गर्दा २-४ ओटा कपाल सेता भका होलान। (अब खाना न पकाइ पनि के गर्नु, खानै पर्यो। अब भन्सा हेर्ने कोइ छैनन, आफै ले जम्मै तिर भ्याउनु पर्ने) 


मिस दिदी को कमेन्ट पढेर चाइ न हासी बस्नै सकिन।

बिकाश जि चाइ साझामा मा र बास्तविक जिवनमा अलि फरक जस्तो लाग्यो मलाइ त।

भाउते गुरु को त के कुरा गराइ भो र, जम्मै कुरा को महारथी हुन बुढा त।

Read Full Discussion Thread for this article