Posted by: Nepe December 17, 2007
शिर्षक बिनाको कविता
Login in to Rate this Post:     0       ?        

सबभन्दा पहिले त यस रचनालाई "कविता" नभनेर "गीत" भन्दा बढी accurate हुन्छ । सबै गीतहरु कविता हुन्, तर सबै कविताहरु गीत होईनन् भन्ने अर्थमा ।

अनि यसमा जुन अन्त्यानुप्रास (rhyme) विधान प्रयोग गरिएको छ, त्यो "गजल" को नजिक छ, तर गजल नै चाही होईन है । यस्तो रचनालाई सामान्यतया "नज्म" भनेर भनिन्छ उर्दु साहित्यमा । हुन त सबै प्रकारको गीत (छन्दबद्ध, स्वच्छन्द सबै प्रकार) लाई "नज्म" भन्ने गरिन्छ ।

गजलको शिर्षक हुँदैन । गीत/नज्मको पनि अलग्गै शिर्षक नराखेर सामान्यतया आरम्भका केहि शब्दहरुद्वारा यसको नाम लिईन्छ । जस्तो, यस गीतलाई "आफ्नो नाम तिमीसंग" भनेर चिनिन्छ होला ।

अन्त्यमा, साधनाजीले जस्तो जुन छन्दविधान प्रयोग गर्नु भएको छ नि, हो यस्तो गीत मलाई साह्रै मीठो लाग्छ ।

वास्तवमा अभिव्यक्तिको हिसाबले पनि यस्तो रचनामा गजलको (शेर) भन्दा बढी ठाउँ, बढी विस्तृतता र बढी स्वतन्त्रता हुन्छ ।

मैले पनि एक-दुई नज्म टाँसेको थिएँ साझामा, भेट्या भे मार्दिनु ।

Read Full Discussion Thread for this article