Posted by: waka December 16, 2007
Login in to Rate this Post:
0
?
दिल सुक्दा मनै निभ्यो संसार भो राती
आस्था दुख्दा मधूरो भो तिम्ले बाल्या बत्ती
सुन्दर घर अटाइयछ सपना मै कत्ती
संगीत नभाको गीत थ्यो कि तिम्ले लाको प्रिती
छाती भरी रोप्या, आशा गयो अब झरी
श्रदा नभा आधार रछ ,गयो आज मरी
टिल्पिलायर विश्वाश बग्यो आँखा वोरिपरी
पोइरो आ-ई थिची दियो खुशी सबै मारी
आर्का मनमा तिमी पस्दा डड्यो मेरो छाती
तिमी भन्दा को थ्यो र मेरो अरु साथी
नशा सँगइ भुलाई रछु सम्झनामा मात्ती
दिल दुक्दा मनै निभ्यो संसार भो राती