Posted by: saru_bhakta December 16, 2007
जीवनका अन्तर्कथा अनी अन्तरबेथाहरु
Login in to Rate this Post:     0       ?        
म एुटा Professional Writer हैन। साझामा पढ्ने गर्छु Rahulvhai, SurNaTal, Satelite, Deepji, Dipika अनी अरु अरु। कहिले काही लाग्छ कास म पनि तेस्तइ कथा हरु लेख्नसकुँ। मलाई राम्रो लेख्न अौँदैन। मेरो लेखाइमा केही  त्रुटी हुन गएमा म हृदय देखी नै माफि माग्न चाहन्छु।

आज मलाई पनि मेरो कथा लेख्न मन लागेको छ। साँचो भन्नुपर्दा अन्य साथीभै हरुको प्रेरणा मिलेको छ मलाई। हिजो सम्म म मेरो कथाको सुरुवत खोजिरहेको थिए। मलाई लाग्छ शायद मैले मेरो कथाको सुरुवात  पाएको छु। म एुटा मध्यम बर्गिय परिवारको कान्छो छोरा। अनी निम्न मध्यम बर्गको मान्छेले शायद कमै मात्रमा पौछन होल राम्रो असल boarding school पढ्न। हुनत म मेधाबी छात्र हैन तैपनी भन्छन नि "लाटो देशमा गाँडो तन्नेरी",  हो तेस्ताइ भयो मेरो जीवनमा पनि। जिन्दगी को छैटौ बसन्त पार गरेपछी भर्ना भएँ म कक्षा २ मा। स्कुलको जिन्दगी खै कती छिटो बित्दो रहेछ,थाहै नपाई म कक्षा छ पुगिसकेछु। ति दिन्हरु पनि थिए जिन्दगीमा जुनबेला पढाईमा कसै भन्दा कम कहिले भाईएन। तेशैले टोल छिमेकी सामु सधैं नतमस्तक हुनुपर्थ्यो तारिफ सुनेर "फलानाको छोरा कस्तो पढ्ने, कती ज्ञानी, कती असल" यस्तै यस्तै। शायद पारिवारिक अभावको कारणले पनि हुनसक्छ। अझभनु म कान्छो छोरा हुनुपुर्व पनि सानै उमेरमा परिपक्व भएजस्तो। कसैले जित्ने आँट पनि गर्न सक्दैन थियो तेती बेला school मा मलाई। २ कक्षा देखी लगातार छ् कक्षा सम्म प्रथम भको मान्छे । शायद politics free दुनियाँ शायद नै होला। Headmaster को छोरी प्रथम भइन कक्षा छ् बाट ७ मा अनी भान्जा द्वितिय...... म सातौ हुन पुगेछु। मेरो जिन्दगीमा पहिलो पल्ट भोगेको बज्रपात थियो त्यो। जिन्दगी लाई २ तरिकाले हेर्न सकिदो रहेछ, एउटा ज् होस् होस् बाल मतलब अनी अर्को हैन एस्तो हुनै पर्छ। मलाई तब सम्म केही महसुस  भएन जब सम्म म कक्षा ७ को पहिले क्लास गैन। सधैं roll no 1 भन्दा उठ्ने हात हरु छ् जनाको हात कती बेला उठ्ला अनी आफ्नो पालो आउला भनेर कुर्न पर्‍यो। त्यस दिन मैले निर्णय गरे म अब यो school  पढ्दिन।
.......... क्रमस:।

Read Full Discussion Thread for this article