Posted by: bikash kc December 16, 2007
फेरि सुरु भो डीभीपीडितको आन्दोलन...........
Login in to Rate this Post:     0       ?        


फेरि सुरु भो डीभीपीडितको आन्दोलन
Filed under: समाचार र विचार — Administrator @ 12:25 am
 अमेरिका जाने चिठ्ठा डीभी परेर पनि अमेरिकाको भिसा नपाइएको र बेफ्वाँकमा पैसा गुमाउनु परेको भन्दै क्षतिपूर्ति माग्दै डीभी पीडितहरुले गरेको आन्दोलन बीचमा केही सेलाएको भए पनि आइतबारदेखि फेरि चर्किएको छ। मोरिआर्टी राजदूत हुँदा बल्लतल्ल थामथुम पारिएको थियो डीभीपीडितवालाहरुलाई -तिमीहरुको केस रिभ्यु गर्छौँ भनी। डीभीपीडितवालाहरु पनि मख्ख भए। अनि सडकमा टायर समेत जलाउन थालिसकेका डीभी आन्दोलनकारीहरु चुप लागेका थिए। तर अहिलेसम्म केही पनि भएन भन्दै उनीहरु फेरि आन्दोलनका लागि जुर्मुराएका हुन्। उनीहरुले आइतबार परराष्ट्र मन्त्रालयमा धर्ना दिएका थिए भने सोमबारदेखि अमेरिकी राजदूतावासमा अनिश्चितकालीन धर्ना बस्ने भएका छन्। त्यसो त उनीहरुले आफूहरु अमेरिका पस्नका लागि आन्दोलन गरेका हैनौ, सामाजिक न्यायका लागि आन्दोलन गरेका हौँ भन्ने गर्छन्। तर यो डीभीपीडितहरुको संघको लोगो हेर्दा चाहिँ कहिले अमेरिका जान पाउँला भनेर बसिरहेको झैँ देखियो। हेर्नुस् न- लोगोमा एउटा मान्छेले शानसँग एउटा हातमा नेपालको झण्डा र अर्को हातमा अमेरिकाको झण्डा समातिरहेको छ गाँठे !
अमेरिकाले डीभी चिठ्ठा खुला गरेका त्यत्रा देशहरुमध्ये यस्तो आन्दोलन शायद नेपालमा मात्र सुरु भएको छ। यो मानेमा पनि हामी नेपालीहरुले अमेरिकालाई जिल्लाएका हुन सक्छौँ।
 
डीभीपीडितहरुको बारेमा चासो लागेर यसो खोजिनीति गर्दा उनीहरुले आफ्नो कुरा विश्वमा फैलाउन वेबसाइट समेत खोलेको जानकारी पाएँ। के लेखेका रहेछन् त उनीहरुले त्यो वेबसाइटमा भनी हेरेको त दिमाग घुमायो। रामराम, केही बुझ्या भए मरिजाउँ। हेर्नुस् न, अमेरिकी दूतावासले दिनुपर्ने जवाफ शीर्षकमा राखिएको यो बूँदालाई
d. American Embassy is situated by Nepali land but Embassy should know that how many annual income of Nepali of developing country like Nepal? What do that man do to eat if tasty food shall be kept in front of him by tieing 4 hands and feet the person not eaten for 5/7 days? That should be evaluated. While talking about human right, by any activity blazed his social honour, what is the meaning to prior thinking?
अनि यो पनि हेर्नुस्-
b. Selected in the first time in the name of American D.V. Lottery or lets say comes detail form in evident of, then after sending total details in that form, confirmation comes after of American government opened for looking this type of program like KCC, It has not recognized confirm sent by KCC, what is the meaning to give authorized by American government to KCC? What is done to our documents for one and half month? What other purposes may be to decrease power of people developing countries make weak of financial condition and make weak politically by creating mental separation? What is the meaning to send that document straight KCC by not sending Embassy?
Objectives of American D.V. Lottery in our view:
To make weaker to people having weak financial condition of developing country
थप यहाँ हेर्नुस्
यो हेर्दा मलाई केही महिनाअघि दक्षिण कोरियाको सिटिजन जर्नलिज्मको कन्फ्रेन्सको कुरा याद आयो। त्यतिबेला ख्यालठट्टा गर्ने क्रममा विभिन्न देशमा बोलिने अंग्रेजीको शैलिका बारेमा रमाइलो कुरा भएको थियो। 'टुडे' लाई 'टु डाइ' भनी उच्चारण गर्ने अस्ट्रेलियाली साथीको खुब खिल्ली उडेको थियो। उसलाई सान्त्वना दिन एक जना अर्को साथीले यस्तो भनी सुनाएको थियो- बेलायतमा जन्मिएको अंग्रेजी अमेरिकामा हुर्किएको, अस्ट्रेलियामा बिग्रियो, भारतमा बिरामी भयो, पाकिस्तानमा मर्‍यो ! ती साथीहरुले धन्न यो साइट हेरेनछन् नभए "To make weaker to people having weak…." भनी लेखेको थाहा पाउँदा कति उडाउने थिए होलान्।
गल्ती त सबैको हुन्छ। गल्तीलाई मैले अ‍ौँल्याउन खोजेको हैन। पुस्तौँदेखि नेपाली बोल्ने नेपालीभाषीहरु त नेपाली लेख्दा गल्ती गर्छन् भने यो त बुढापाकाहरुले उतिबेला भन्ने गरेको जस्तो 'गाई खाने भाषा' न पर्‍यो। गल्ती भइहाल्छ। सबै अंग्रेजहरुले पनि शुद्ध त कहाँ लेख्छन् र। यहाँ त बुझ्दै नबुझिने र अर्थको अनर्थ लाग्ने कुरा भयो भनेर मात्र भन्न खोजिएको हो। जस्तै यो उदाहरण हेर्नुस् न-
Results invited by American D.V : (अमेरिकी डीभीले निम्त्याएको परिणाम भन्न खोजेको होला)
Unsuccessful trying to suicide:- 2 persons
Divorced:- 9 persons, (divorced by creating family separation as being economic condition weak)
House and Land less:- 157 persons (by selling houses and Lands to expenditure for preparing documents by these persons, having weak economic condition but by not succeding)
Foreign run:-away:- 107 persons
Mental abnormal:-17 persons
Loss mental pain and social honor:- All selected (डीभीले यति गरेछ कि मेन्टल पेन नै लस भएछ)
Loss employment:- 73 persons
कहिलेकाहीँ सही अनुवाद गर्दा पनि यस्तो हाँसोउठ्दो परिणाम आउन सक्छ। जस्तै एक पटक एक जना साथीले 7 Years Old लाई नेपालीमा अनुवाद गर्दा सात वर्षका वृद्ध भनेर गरेको थियो।
यी केही गल्तीहरुलाई सुधार्ने हो भने अमेरिकी दूतावासका अधिकारीहरु र अमेरिका कै सम्बन्धित मान्छेहरुले पनि डीभीपीडितको माग के हो भनेर बुझ्थे कि ! किनभने यो साइटमा उपयोगी जानकारीहरु निकै रहेछ। जस्तै
डीभी परेर पनि अमेरिकी भिसा नपाएकाहरुको नाम र फोटो
डीभीपीडित स‌ंघका पदाधिकारीहरुको बारेमा जानकारी
अनि आन्दोलन किन भन्ने बारेमा जानकारी

 

source:mysansar.com

Read Full Discussion Thread for this article