Posted by: Amazing December 15, 2007
Hoshiyar- Yo Fataha Japan ma chha re...
Login in to Rate this Post:     0       ?        
युवा वैज्ञानिक बने नामूद ठग

ठग डा. दीलिप अधिकारी।

युवा वैज्ञानिक भनेर चिनिने डा. दीलिप अधिकारी रोजगारीका लागि जापान पठाइदिने बहानामा १११ जनासँग दुई करोड रूपैयाँभन्दा बढी उठाएर एक वर्षदेखि बेपत्ता छन्। सुनसरीको अमाहिवेला गाविस–७ मा एभरेष्ट साइन्स सेन्टर र शान्तिवन खोलेका अधिकारीको विराटनगर–१८ स्थित घर पनि बन्द छ। प्रत्येकसँग रु.१ लाखदेखि ८ लाखसम्म उठाएका अधिकारीले केहीलाई पैसा फिर्ता गर्ने बहानामा खातामा पैसा नभएको चेक समेत भिडाएका छन्। पीडितहरूको एक भेलाले गोविन्द थापाको अध्यक्षतामा १२ सदस्यीय शान्तिवन वैदेशिक रोजगार पीडित समिति गठन गरेर अधिकारीकोे तत्काल खोजी गर्न सरकारसँग माग गरेको छ।

सेन्टरमा जापानी भाषा कक्षा समेत चलाउँदै आएका अधिकारीले २०६१ सालमा दुई सय जनालाई एकै पटक जापान लाने भनेर रु.८ लाख मागेपछि हुनेले एकमुष्ट र नहुनेले ऋण काढेर केही रकम बुझाएका थिए। नेपाल कमर्स क्याम्पस, काठमाडौँबाट बीबीएस गरेका सुनसरी, हासपोसा तरहराका दुर्गाप्रसाद पौडेल भन्छन्, “सयकडा चार रूपैयाँका दरले एक लाख रूपैयाँको ब्याज तिरिरहेको छु।” सुनसरीकै कृष्णबहादुर बुढाथोकी सयकडा तीन रूपैयाँका दरले रु.७ लाख ऋण गरेर पैसा बुझाएको बताउँछन्। ब्याज तिर्न नसकेर १० कट्ठा धानखेत बेचिसकेका बुढाथोकीलाई पैसा दिन्छु भनी काठमाडौँ बोलाएर कागज मात्र गरिदिएको उनी बताउँछन्।


ठगिएका पीडितहरू जिल्ला प्रहरी कार्यालय परिसर, मोरङमा।

तीन वर्षअघि रु.२ लाख बुझाएका विराटनगरका विकास थापाले पैसा फिर्ता माग्दा अधिकारीले उनलाई खातामा रकम नभएको कुमारी ब्याङ्क विराटनगरको चेक दिएका थिए। अधिकारीको प्रलोभनमा उच्च माध्यमिक शिक्षा परिषद विराटनगरमा कार्यरत अनिल तिम्सिना र म्यानपावर कम्पनीमा कार्यरत धरानका अखण्ड पोख्रेलले पनि डेढ लाख रूपैयाँ बुझाएका छन्।

१९ कात्तिकमा पीडितहरूको समूह उनका ससुरा कृष्णराज कोइरालाको विराटनगरस्थित घरमा धर्ना दिन पुगेका र प्रहरीको मध्यस्ततामा कोइराला र उनका छोरा पुरुषोत्तमलाई रकम फर्काउन सहयोग गर्ने शर्तमा कागज गराई छाडेका थिए। पीडितहरूले भनेका सबै कुरा श्रीमतीसहित टोकियोमा बसिरहेका भिनाजुलाई फोनमा सुनाएको बताउँदै पुरुषोत्तम भन्छन्, “भिनाजुले सङ्कलन गरेको मध्ये ५० लाख रूपैयाँ जति उहाँ स्वयं र मैले पनि फर्काएका छौँ।”

कमल आरएल, विराटनगर


http://www.nepalihimal.com/2064/mangshir-16-29/desh_samachar.html



Read Full Discussion Thread for this article