Posted by: SateLite December 14, 2007
एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगिमा...
Login in to Rate this Post:     0       ?        
'wallace'ले मलाइ नयाँ जबको अफर राखेको थियो ! कुनै बर्षको सायद June महिनाको कथा हुनुपर्छ यो !ठ्याक्कै तिथिमिति थाहा भयन फेरि कथाहरुका Éxcatly Date'हुनथाले भने ति कथाबाट समाचारमा रुपान्तरण भैसकेका हुन्छन ! एक बिहान म आफ्नो work station बाहिर छरियका प्याकेजहरुको Tracking Number हरु टिप्नमा ब्यस्त थियँ अनि भ्यानको Door केहि Open राखेर,त्यसबाट लोकल रेडियो स्टेशनमा बजिरहेका गितहरु बाहिरसम्म सुन्न सकिन्थ्यो ! सायद त्यतिबेला..its not only summer love भन्ने song Play भैरहेको थियो ! एउटा कालो सिसामा Silver कलरको Four Wheeler आयर रोकियो अगाडि !

'whts up nepalese nigga..? working hard huh..' हिपहप लुगामा मोटरबाट झर्दै wallace ले भन्यो अनि हात मिलायो !
'im not f***kin boss like u, i must work hard..nigga....hahaaha'मैले यतिभन्दा नभन्दै उसले ओँठमा चुरोट च्याँपिसकेको थियो | उडायो धुवाँ हावाभरि ! manthol सिगरेटको भिक्स मिसियको धुवाँले मेरो आँखा हल्का पिरो भयो !


"u mother f**ker....Justin..wht the hell u sitting inside car..come here' उसले आफ्नो white साथिलाइ बोलायो ! परिचय भयो ! हुनत मैले उसलाइ wallace को छोरिको Birthday party मा देखेको थियँ तर परिचय थियन !सायद उ युनिभर्सिटिको Student होला अनि कुनै Pizzashop मा काम गर्छ होला,एउटा अनुमान थियो यो तर सोध्नचाँहि सोधिन !


उसको खास नाम Davis Wallace थियो र उ कुनै Internet Service Provider Company को Station In-Charge थियो ! सबैले'wallace' भनेर बोलाउथे उस्लाइ ! मलाइ उसले आफ्नो कम्पनिमा बोलाइरहेको थियो धेरैपटक !अनि मैले प्राय भन्नेगर्थेँ "I just cant leave this company right away..i hve to give them 30 days prior notice,thts a contract..since im not in hourly basis n management is treating me well"

'Okey Buddy...check out the offer !! i will send u an email'

" Alright Wallace"

मोटर स्टार्ट गरेर उ फर्कियो !म प्याकेजहरु Sorting गरेपछि scan गर्नथालेँ ! मन नलागि-नलागि म Tracking Number हरु Entry गरिरहेँ !
दोश्रो दिनको साँझमा म इमेल चेक गर्दा उसको मेलपनि आयको रहेछ...attachment Open गरेर हेरेँ ! राम्रै अफर थियो तर काम गरिरहेको ठाँउ छोड्न मलाइ मन लागिरहेको थियन कारण Managemnt निकै उदार थियो भन्दा हुन्छ ! मैले wallace लाइ "Im not much good in IT stuff " भन्ने Reply पठायको थियँ तर one month को Training ले सबै काम सिकिने उसको उत्तर थियो ! ओ के..मैले तिस दिनको नोटिस दियँ काम गरिरहेको कम्पनिमा !नरमाइलो लाग्यो.गरिरहेको ठाँउमा काम छोड्न ! साँझ परेको थियो..सानो PC on गरेर Resignation Letter लेख्न बसेँ ! र पठाय..wallace लाइ BCC गरेर ! नयाँ बाटोको सुरुवातमा गार्हो लाग्नु सायद स्वाभाविक नै होला तर त्यो दिनसम्म काम नै प्रेमिकाजस्तो भैसकेको थियो ! अनि प्रेमिकालाइ छोड्नु सायद साँचो प्रेमिको लागि गारो काम होला !


जे होस छोड्नु थियो छाडियो ! दुइबर्षपहिलाको सानो स्मरणमात्र ! त्यतिबेलाको एउटा Sad Past के पनि भयो भने -सबैको प्रेमि-प्रेमिका या whtever त हुन्छन त्यस्तै मेरो पनि एउटि शुरुवातमा साथि र Climax मा प्रेमिका थिइन ! नामलाइ यहाँ स्मरण नगर्दा नै राम्रो हुन्छ ! कथाका पात्रहरुको नाम जे पनि राख्न सकिन्छ-रिता/सिता/गिता/जया/विजया/जस्टिना/सन्ध्या या या यस्तै यस्तै ! नाममा के राखेको छ र यार ! wallace ले राम्रो Return को Job दियको थियो र खासमा पैसाभन्दापनि सिक्नसकिने कुराहरु त्यहाँ धेरै थिय !

Texas को Houston city - 2415 North Mystic Meadows स्थित HeadOffice बाट हामिले कामे गर्ने ठाँउ धेरै टाढा थियो !
म अझै HO गयको थियन,किनकि सबै काम त्यहि बसेर भैरहेकै थियो ! जिवन एउटा गतिमा चलिरहेकै थियो ! म प्रायजसो काममा पन्द्र-सोर्ह घण्टा ब्यस्त नै रहन्थेँ ! त्यहिपनि दिनमा तिस चालिस मिनट प्रेमिकासँग कुरा गर्नु एउटा दैनिकि बनिसकेको थियो !


अचम्म लाग्छ-हामि जब कसैलाइ प्रेम गर्छौँ,कति कुराहरु शेयर गरिन्छ आपसमा ! ओ के ..कथामा एक्छिनको सजिलोको लागि नायिकाको नाम something "सन्ध्या" राखौँ ! म सन्ध्यासँग कुरा गर्थे !

भेट नभयको लामो समय भैसकेको थियो र भेट्ने तिब्र इच्छा आफ्नो ठाँउमा थियो ! एकपल्ट भयो के भने- म साथिहरुसँग 'bar'गयको थियँ ! कुनै सरकारि बिदा परेको थियो ! हैन मैले संझिय- त्यतिबेला ThanksGiving को छुट्टि थियो ! अनि राति बारमा पहिला बियर अनि पछि केहि अरु पनि पिइयो अनि कक्टेलजस्तो भयछ ! Alcohal पिउने अवस्था आयपछि मैले प्राय मोवाइल बन्द राख्थेँ अनि आजपनि बन्द थियो- तर पिइसकेपछि सन्ध्याको संझना अलि नै आयछ- Excuse me भन्दै बाहिर निस्केर मैले फोन गरेँ अनि एक्छिन कुरा गरियो ! अर्को दिन ढिला उठेपछि मोवाइल बज्यो,उठाँय ! " अहिले त ठिक छौ होला नि..पियको बेलामा त के के भन्यौ..हाहाहा but it was fun" म अचम्म परेँ , पियको बेलामापनि म नराम्रो भन्दिन त ! अनि किन उ हाँसेको एउटा प्रश्न आफैसँग ! "हैन नराम्रो केहि भनेको होइन....but u were talking funnily" अनि एक्छिन हाँस्ने कार्यक्रम भयो र म बाथरुमतिर लागेँ नुहाउन तर अलि नरमाइलो लाग्यो !

रक्सि पियर कसैलाइ कल नगर्नुपर्ने मैले !

संसारमा करोडौ मान्छेले प्रेम गर्छन होला..मैले गर्दा कुनै नौलो कुरा त थियन तर यस्तो लाग्थ्यो, मैले जति माया सन्ध्यालाइ कसैले गर्दैन होला ! अनि अर्कोकुरा यो एकोहोरो प्रेमपनि त थियन ! सबै प्रेमकथाहरुजस्तै यस्को पनि यसरि शुरुवात हुन्छ - प्राय सधै देखिरहने तर नबोल्ने ! आ-आफ्नै संसारमा ब्यस्त अनि नायकको सोँचाइ सबै केटि भनेका " f***k up society'का सदस्य हुन भन्ने अनि नायिकाको सोँच र ब्यवहार 'damn care'भन्ने ! तर प्रेम हुनु छ त्यो भयरै छाड्छ चाहेजति अमिल्दो बानि या जेसुकै f***kup भयपनि !

मैले कहिले प्रेममा बिस्वास गरिन..मुख्यत केटा-केटिबिच हुने प्रेममा ! यो केवल क्षणिकमात्र हुन्छ अनि Longlasting हुन्न भन्ने धारणा मस्तिष्कमा गडेको थियो ! तर सायद केहि असजिलोपन महसुश हुनथाल्यो सन्ध्याको अभावमा ! यो अर्कै कुरा हो कि अझैसम्म केहि औपचारिक कुरा भयको छैन !
सोचेँ ! यो केहिदिनको feelings मात्र हो ! यस्तोमा पर्नुहुन्न भनेर ! तर अलिक अप्ठ्यारो लागेको थियो त्यो सोँच्नपनि !
"hey im not trying to flirt with her..so whts wrong to tell her..wht i feel abt her..dont act like freaking gay.."

आफ्नै मनले आफुलाइ यस्तो भनेपछि अलिक बोर लाग्यो अनि एक्दिन मैले भने " hey whtever u r ..i like u n i guess i love u " एउटा साँझ थियो यो !
सुर्य आकाशबाट हराइसकेपछिको ! मेरो अवस्था like ..hey god..संसार नै अँध्यारो बनाइदेउ..अनि मलाइ कसैले नदेखुन ..सन्ध्यालेपनि भन्ने किसिमको भयको थियो ! Reply सुन्ने guts थियन ममा !

अनि उनि.." hey i know u r a gud guy but it doesnt work like tht...we can b a good fren" यो थियो उत्तर ! मैले अपेक्षा गरेअनुसारको चप्पलकाण्ड त atleast भयन तर अलि sad feel गरेँ ! " but i hve few frens..í dont need more..thank u'भनेर बाटो लागेँ ! अनि कथाको एउटा भाग सकियो ! त्यो साँझ धेरै गार्हो भयो ! मैले नभनेको भय कम्तिमा मेरो मनले'उनले पनि मलाइ माया गर्छिन'भन्ने त सोच्नेथियो भन्ने सोँचेर बडो दुखि भयो ! म ओ के...बिस्तारै बिर्सिन्छ होला..ठिकै छ नि भन्ने सोँचेर आफ्नै सँसारमा हराउने प्रयासमा लागे !

after couple of days later..फेरि हाम्रो भेट भयो ! भेट नभैदियको भय हुन्थ्यो जस्तो लागेको थियो तर भयो..अनि मैले सन्ध्यालाइ भने " i just wanted to say u good bye..be happy my dream " !

सायद ..मलाइ थाहा छैन उनले मेरोबारेमा के सोचेकि थिइन तर एउटै शब्द भनिन " i just cant let u go this way..from my life.." मलाइ बिश्वास नै भयन उनि के भनिरहेकि थिइन भनेर !

'but i love u...n its not like love for frens' कसरिकसरि मनको कुरा निस्कियो !
í guess..i love u too' उनका शब्द सुनेर म जँगलमा हराइरहेको एउटा बालकजस्तै केहि सोँच्नैनसक्नेजस्तो भयँ केहि क्षणको लागि ! बिश्वास लागेन-सपना हो या बिपना !

'i will see u later...i cant talk with u now' म सरासर लागेँ जता-लाग्नुपर्ने हो उतै केहि मिठो हाँसेर !'i don knw how she felt..but i was frekin happy...yeah i knw she was too.

त्यसपछिका भेटहरु फरक थिय ! Life को एउटा Part बनिसकेको थियो पहिलाको त्यो Dream यतिबेला ! it was love but matured love..हामिले सबै कुरा सेयर गर्यौ तर मैले कहिले भनिन kiss u or..u r beautiful or i will do anything for u, किनकि मलाइ थाहा थियो उ बनेकै मेरै लागि हो ! cant believe but..it was so deep love..

Graduation गर्ने बेला भयको थियो अनि त्यसपछि Four Year Nursing Course गर्छु भनेको संम्झन्छु म उतिबेला ! 'okey u go a head...im with u always' एउटा प्रेमिको भनाइ ! अनि केहि टाढा भैयो भविष्यको base बनाउन !


बिहे गर्नु भनेको sociel knot or legal proved relation मात्र हो भन्ने मेरो सोँच थियो अनि मलाइ बिहेभन्ने शब्दसँग कुनै हतार थियन ! बिस्तारै हुँदैगर्छ..नभय पो के बिग्रन्छ र भन्ने सोँच्थेँ म ! तर म उनलाइ प्रेम गर्थेँ ..र बिहे गर्नुपरे उनिसँग गर्ने भन्ने एउटा Plan दुबैको Un-announced तर दुबैलाइ थाहा थियो !

एकपल्ट म एथेन्समा रहेको एउटा पुरानो साथिसँग MSN मा शब्दमा कुरा गरिरहेको थियँ ! राति भैसकेको थियो ! मोवाइल बज्यो - साथिको बर्थ-डे पार्टिमा आयको अनि सबैले बियर पिउन force गरिरहेका छन...Can I,If u dont mind ? but i never drunk before.." सन्ध्याको प्रश्न सुने मलाइ केहि हाँसो लाग्यो अनि MSN मा साथिसँग बिदा भयर म बाहिर निस्कियँ कुरा गर्दै !

"hey u dont hve to ask me..but u knw wht is good n wht is bad..there is nothing wrong to give them company...go a head n drink..but dont drive after party..be safe n take care" सायद अप्ठ्यारो महसुश भयको थियो होला उनलाइ अनि "तिमि मेरो हरेक कुरालाइ Okey नै भन्नुपर्छ भन्ने छैन, you can stop me.." उनको स्वर.मधुरो थियो ! she was like..she wants to cry..

"सन्ध्या म तिमिलाइ माया गर्छु.. but everyone has his/her personal life..n thought, i just dont want to interfere' मैले भनेको थियँ अनि उनि " okey..so im everyone ..alrite" भनेर कल डिस्कनेक्ट भयो !

'okey whtever'मलाइ पनि झ्याउ लाग्यो अनि फोन गोजिमा राखेर रुमतिर फर्कियँ ! मैले त्यस्तो सोँचेर भनेको थिइन तर बुझ्नेले अर्कै बुझेपछि..then wht to do ?

********************

अर्कोदिन सबै ठिक भयो..मेरो भागमा एउटा 'sorry' आयो उनको तर्फबाट !

Ïts okey.. म झ्याउ मानेको स्वरमा भने !

प्रेमप्रसंग त्यहाँसम्म ठिकै छ ! केहि मिठा शब्दहरु आदानप्रदान भैरहन्छन ! पिर लाग्छ, माया लाग्छ ! सबै प्रेमि हरुलाइ जस्तो हुन्छ मलाइ पनि त्यस्तै हुन्छ ! म कुनै Broken Heart त थिइन ! atleast अहिलेसम्म त थिइन !....हा हा हा...यो life sucks sometimes..

************

OKEY here comes the final part..

मान्छेहरुले भन्छन नि...there is nothin but love... हा हा हा ! एउटा dirty joke सिवाय केहि होइन यो ! एउटा Experience मात्र होइन यो but यथार्थ ! every one doesnt deserve true love...n wht the heck is true love , by the way...because everyone says tht ...im freaking true lover..so i do.

हे कस्तो पागलझैँ लेखेको यार..तर यथार्थ सधै पागलजस्तै देखिन्छ ! सबैले life मा एकचोटि साँचो प्रेम गरेको हुन्छ होला...यो कुनै दार्शनिक book पढेर या कुनै जोगिले भनेर होइन..मेरो गणितले भनेको कुरा हो !

यस्तै थियो तर केहि परिवर्तन को आभाष भयो त्यतिबेला जुनबेला मैले केहि थाहा पाइन तर सबै भैसकेको थियो ! it wasnot like actress got married when actor was out of country or in foreignLand..but...like we used to love each other a lot and we do...still something.

म यस्तै केहि सोँच्न खोज्छु 'सन्ध्या'कोबारेमा कि उनि परिवर्तन भैसकेकि छिन तर चाहेरपनि म सोँच्न सक्दिन..! तर लाग्छ सबै परिवर्तनशिल छ..कुनै दिन यहाँ सबै बदलिन सक्छ, जे पनि र जस्तो पनि !

तर एउटा कुरा के सत्य हो भने..यदि अरुहरुले भनेझैँ मान्छेले Life मा एकपल्टमात्र प्रेम गर्छ भने...It was she..and it is she.
it sounds crazy or f**king teen love...but i cried couple of times while bathing...for no reason.wht the heck is this..
i often do remember those words..wht she once said " Ï just cant let u go this way from my life" and whenever i remember these words..it makes me damn happy.she was the girl i always dreamt....i love her,she loves me..but matter of fact she has changed a lot.i asked lot of times...wht went wrong ...she didnt reply back,just said "everything is okey".

**********************

दुइबर्षभित्रमा धेरै परिवर्तन भैसकेको छ यहाँ ! सबै कुरामा ! संसार परिवर्तनशिल छ भन्थे...हो रहेछ ! धेरै Positive Changes n few negative too.but finally i lost her..for no reason or if there was reason..i never knew, wht was it.
तर म अझै मिस गरिरहन्छु ! wallace सँग बिहानदेखि साँझसम्म ब्यस्त भयपनि..प्राय म उनलाइ संझिरहन्छु ! अहिले मलाइ बिश्वास भयको छ..It was Love n I loved her.

मान्छेहरु आइरहन्छन अनि म 'helpDesk'मा उनिहरुका Problem हरु Solve गर्दै बसिरहेको हुन्छु ! कलहरु उठाँउछु- "Hello..Good morning/evening....how can i help u sir/maám?" यस्तै यस्तै अनि यस्तै !! Justi ले पनि Wallace को कम्पनि Join गरिसकेको छ ! अनि नयाँ खबर भनेको गयको अगष्टमा Wallace को बुढि क्रिष्टिनाले एउटा छोरि पायको थिइन, नाम राखेका थिय- "Letishá"...she was beautiful.तर उनिहरु अहिले Divorce भैसकेका छन ! तर क्रिष्टिनाले अर्को""Matthew" भन्ने कार सेल्सम्यानसँग बिहे गरिसकेकि छिन , यता wallace पनि तयारिमा छ ! उसलेपनि पहिला Love नै गरेको थियो अनि बिवाह...तर बर्षौँपछि उनिहरु छुट्टिय ! के प्रेमको The end त्यसरि नै हुन्छ् त ? म आफैलाइ प्रश्न गरिरहन्छु !छैन उत्तर !

म दिनको पन्द्र घण्टा काममा ब्यस्त हुँदा एकसयपटक आफैलाइ प्रश्न गरिरहन्छु- उनको परिवर्तनको कारण सोधेर आफैसँग ! तर मलाइ थाहा छैन !
whtever she is..n wherever she is..i love her. चुपचाप म आफ्नो काम गरिरहन्छु ! बाबा-ममिलाइ कल गर्छु ! प्रश्नहरु प्राय उस्तै हुन्छन ! म चुपचाप सुनिरहन्छु ! मसँग उत्तर छैन प्राय गरिने प्रश्नहरुको ! पहिला सुन्ने अंग्रेजि song हरुका CD हरुलाइ असरल्ल कार्पेटमा छरेर म साँझमा प्राय आफ्नै नारायणगोपालका गितहरु सुन्छु- "एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगिमा..."

*********************** The End****************

(नोट: कथा 151 % काल्पनिक हो र यसको उद्देश्य केवल मनोरञ्जनसँगमात्र सम्बन्धित छ )
CopyRight @ SateLite 2007
SateLite Production Limited
Read Full Discussion Thread for this article