Posted by: shirish December 14, 2007
kun nepali kalakar k gadi chnn usa ma
Login in to Rate this Post:     0       ?        

माधव नेपालद्वारा विदेशिएका कलाकारलाई फर्कंन आह्वान

नेकपा -एमाले) का महासचिव माधवकुमार नेपालले सुन्दर भविष्यको सपना बोकेर अवसरको खोजीमा विदेशिएका नेपाली कलाकारलाई स्वदेश फर्केर आफ्नो प्रतिभालाई उचाइमा पुर्याउन आह्वान गरेका छन्।

नेपालले बिहीबार राजधानीमा सम्पन्न जनपक्षीय चलचित्रकर्मी संघको साधारण सभालाई सम्बोधन गर्दै विदेशिएका नेपाली कलाकारलाई केही वर्षकाम गरेर विदेश बसे पनि विदेशमा कमाएको रकम स्वदेश आएर खर्च गर्नका लागिसमेत आह्वान गरे।

प्रमुख अतिथिका रूपमा साधारण सभालाई सम्बोधन गर्दै नेपालले थपे- ँनेपाली चलचित्र जनताको हित र जनताको दृष्टिकोणलाई समेट्ने किसिमको हुनुपर्छ।’

समारोहमा कार्यक्रमका सभापति तथा आयोजक संस्थाका अध्यक्ष केपी पाठकले आफ्नो संस्थाबारे प्रकाश पार्दै विदेशी चलचित्रको शुलभ र सरल प्रवेश भइरहेकोमा राज्यले यसको नियन्त्रणका लागि नीति बनाउनुपर्ने तथा डिजिटल चलचित्रका नाममा नेपाली चलचित्रका लागि भनेर हलहरूलाई सुविधा प्रदान गरिएको अवस्थामा नेपाली चलचित्र डिजिटलमा नबनाइएकाले फेरि हिन्दी र अंग्रेजी चलचित्रको बाहुल्यता बढ्न सक्ने खतरातर्फ सजग गराए।

समारोहमा आदिवासी जनजाति चलचत्रिकर्मी संघका अध्यक्ष युवराज लामाले चलचित्र क्षेत्रको विकासका निमित्त राज्यले नै ध्यान दिनुपर्नेमा जोड दिए।

त्यसैगरी चलचित्र विकास बोर्डका सदस्य देशभक्त खनालले बोर्ड स्वायत्तताको अभावमा खुम्चिन बाध्य भएको चर्चा गर्दै स्वायत्त नभई काम गर्न नसकिने बताए भने नेपाल पज्ञा प्रतिष्ठानका सचिव हरिहर शर्माले चलचित्र क्षेत्रका लागि सरकारले किस्ताबन्दी शैलीमा सुविधा दिए पनि समग्र चलचित्र उद्योगको विकासका निम्ति सुविधा पर्याप्त नभएको चर्चा गर्दै प्याकेजमा सुविधा उपलब्ध गराउनुपर्ने बताए।

त्यस्तै नेपाल चलचित्र निर्देशक समाजका निवर्तमान अध्यक्ष लक्ष्मीनाथ शर्माले चलचित्रलाई राजनीतिभन्दा पर राख्न आग्रह गरे भने लोकतान्त्रिक चलचित्रकर्मी संघका अध्यक्ष नवीन सुब्बाले नेपाली चलचित्र क्षेत्रको समयोचित विकास र प्रवर्द्धनका लागि चलचित्रमा जस्तो विसंगति र विकृति निर्मूलपार्न सक्ने हिरो आवश्यकता भएको औंल्याए।


Read Full Discussion Thread for this article