Posted by: MandaleNo.1 December 13, 2007
अनि, नेपाल कहिले फर्किने ? - A Fantastic Article.
Login in to Rate this Post:     0       ?        
Please read at least once, it will touch your heart.
By Shiva Gautam, Associate Professor of Harvard Medical School, Boston.
Selected Paragraphs only:

नेपाल गएको बेला मैले चिनेका प्राय जसोले सिधै वा घुमाएर “नेपाल कहिले फर्कने” भन्ने प्रश्न तेर्स्याउने गर्छन्। “अब उतै बस्ने होला”, “अब नेपाल बस्ने गरी त के आइन्थ्यो होला” इत्यादि विभिन्न वाक्य बोले पनि सार एउटै हुनेगर्छ। “अब, रिटायर्ड भएपछि, बुढेसकाल बिताउन चैं आउनुपर्ला” एक जना यसो नेता तथा संभ्रान्त सज्जनलाई मैले भनें। उनी मेरो कुरा सुनेर रिसाए पो। यस्तो ठाउँमा फर्किने, खान छैन, ओखतीमूलो छैन, खाली भ्रष्टचार छ, सबै चोरै चोर छन्। किन फर्कने उनले मलाई हकारे जसरी भने।

अर्को दिन फेरि अर्का एक ठूला व्यक्तिलाई भेट्न गएको बेला फेरि नेपाल फर्कने कुरो निस्क्यो। मैले पनि अघिल्लो दिन भेटेका नेताको कुरो ठिक होला भनेर “यस्तो ठाउँमा के फर्कनु” भन्ने त्यही तर्क पेश गरें। तर यी ठूला व्यक्ति त झन रिसाए। उनी भन्न थाले “आफ्नो देशको माया मारे पाप लाग्छ। “जननी जन्मभूमिश्च, स्वर्गादपी गरियसी” “झन पढेलेखेका मान्छेले त परदेशमा सिकेका शीपले आफ्नो देशको उत्थान गर्नुपर्छ।” त्यसपछि मलाई गाह्रो भयो “नेपाल कहिले फर्कनेको उत्तर दिन। कसैले, सोधी हाल्यो भने कुन चैं जवाफ दिए यो न रिसाउला भन्ने गमेर मात्रै जवाफ दिन्थें।
आधुनिक युगमा आफ्नो देश छोडेर विदेशमा घरजम गरेर बसेका कतिपय व्यत्तित्व मान्यवर छन् हाम्रा लागि। पृथ्वीनारायण शाहले आफ्नो देश “गोर्खा” छाडेर “नेपाल” आएपछि कहिल्यै फर्केर गएनन्। कुनै बेला “लमजुंग” देशको मान्छे “गोर्खा” देशमा गयो भने आफ्नो देश छोडेर जाने भनेर त्यसको उछित्तो काडेथे होला। गोर्खाका सेना प्रमुख जयन्त राना नेपालकै अर्को ठाउँको सेना प्रमुख भएको हुनाले पछि गोर्खालीहरुले देशद्रोही भनेर सजाय दिए। नेपालकै एक जिल्लाबाट अर्को जिल्ला जाँदा त्यस बेलाको देशद्रोही सोचाई, र नेपाल -पृथ्वीको एउटा भूभाग)बाट अमेरिका -पृथ्वीको अर्को भूभाग) आउँदा देशप्रति अभक्तिको सोचाइ एउटै मनस्थितिको सोचाई हो
त्यस्तै एक जना अर्का पूर्व स्थानीय नेताले त्यही प्रश्न सोधे। मैले पनि ती नेतालाई प्रश्नको उत्तरमा एउटा प्रश्न सोधें, “तपाईं संखुवासभाको खांदवारी कहिले फर्किने।” मलाई थाहा थियो उनी खांदवारी छाडेर काठमाडौंमा बसोबास गरेको। हत्त र पत्त मुख रातो पार्दै, “त्यो कहाँ उस्तै हो र” भने। बहसको क्रममा मैले माथि सोचेका कुराका साथै देश भन्ने कुरा गहिरिएर हर्ेदा कृत्रिम कुरा हो, तर सतही र व्यवहारिक रुपमा यसका केही फाइदा छन् भन्ने लामो छलफलपछि ती नेताले भने खांदवारीमा, बिजुली मोटर र काठमाडौंका सबै सुविधा पुगेका खण्डमा म भोलि नै खांदवारी फर्कन तयार छु।

विदेशमा बस्ने नेपालीभन्दा कतिपय नेपालमा बस्ने नेपालबाट टाडा छन्, नेपालीत्वबाट टाडा छन् नेपाली चालचलनबाट टाडा छन्। र, प्राय त्यस्ता व्यक्ति नै कुर्ली कुर्ली नेपालको मायाको कुरा गर्छन्। विदेशमा बस्ने नेपालीहरु प्रायः विषम स्थितिमा पनि आफ्नो नेपालीपन नेपाली मनलाई नमारी नै बसेका पाइन्छन्। नेपालमा हुँदा गाउनेहरु विदेशमा गए भने आफ्नो स्वर लिएरै गएका हुन्छन्। संगीतकारले एउटा मादल लिएरै जान्छन्, लेखक कविहरुले आफ्नो लेखन लिएर जान्छन्, पत्रकाहरुले पत्रिका लिएर जान्छन् र सबै नेपालीले जहाँ गए पनि नेपाल लिएर गएका छन्।

पृथ्वीनारायण शाह र रणबहादुर शाहले पनि नेपालको नामलाई यति टाडा टाडासम्म पुर्याउन सकेका थिएनन्। नेपालमा बसेर, भ्रष्टचार गरेर, देशका राष्ट्रिय सम्पदा चोरेर बेचेर, आफ्नै दाजुभाइलाई मारेर, आफ्नो संस्कृति र संस्कारलाई बिर्सनेले भन्दा कता हो कता विदेशमा बस्ने नेपालीले नेपाललाई माया गरेको पाइन्छ। उनीहरु बस्ने घरमा, कोठामा, भित्तामा नेपाल मुसुक्क हासेको हुन्छ।

विदेशमा बसेर नेपालको चिन्ता गर्नु आडम्बर हो, त्यस्ताले नेपालमै आउनर्ुपर्छ, बस्ने चैं अमेरिका बस्ने अनि नेपालको बारेमा यस्तो हुनुपर्ने र त्यस्तो हुनुपर्ने भन्न मिल्दैन भन्ने खालका कुरा पनि सुनिन्छन्। यो तर्क पनि पुङ न पुच्छरको छ। मान्छे वर्तमानमा बाँच्छ, तर वर्तमान भूतबाट जन्मन्छ। विदेशमा बस्ने कतिपय नेपालीको भूतकाल नेपाललसँग जोडिएको छ। अर्थात् कैयौंको जीवनको एउटा ठूलो भाग नेपालसँग जोडिएको छ। त्यसैले नेपालप्रति चिन्ता हुनु स्वभाविक हो। नत्र आफ्ना बाबु आमासँग पनि सम्बन्ध नराखे भयो। अर्को कुरा त्यस्तो तर्कले त कसैले ज्यान मारेको खण्डमा सजाय पाउनु हुँदैन। किनभने ज्यान मारेको विगतमा सजाय वर्तमानमा, विगत र वर्तमानको सम्बन्ध हामीले धुमधामसँग मनाउने सबै चार्डवर्प इत्यादि पनि विगतका कुनै सत्य वा कल्पित घटना इतिहाससँग जोडिएका हुन्छन् अनि हामी ती विगतका कथाहरुकै अनुसार चाड पर्व मनाइरहेका हुन्छौं।

भौतिक रुपमा नभए पनि भावनात्मक रुपमा विदेशमा बस्ने खासगरी पहिलो पुस्ताका नेपालीहरु प्राय नेपालमै हुन्छन्। विदेशी एअरपोर्टहरुमा नेपाली हुनुको प्रशस्त अपमान र लाज झेली सकेको भए पनि म आफूले पढाउने कक्षामा कुनै न कुनै किसिमले म नेपाली हुँ भनेर गौरवसाथ जानकारी दिन्छु।

हालै प्रकाशित संयुक्त राष्टू संघको एउटा रिपोर्टमा नेपाल लागू पदार्थका सम्बन्धमा तेश्रो दर्जामा छ भन्ने उल्लेख छ। यस्ता लाज मर्दा कुराहरु र नेपाल बदनाम हुने कुरा विदेशमा बस्ने हैन नेपालमै बस्ने कतिपय नेपालीका कारणले हुने गर्दछ। एक पल्ट म लस एंजलस एअरपोर्टमा आउँदा तीन बेग्ला बेग्लै सुरक्षाकर्मीले जाँचबुझ गर्ने ठाउँमा आई नै नपुगी हिड्दा हिड्दै सोधपुछ गरे। अन्तिम सुरक्षाकर्मीसँग अलिक नाखुस भएर सोधें ‘किन मलाई यसो गरेको - म के फटाहा देखिन्छु र -’ उसले प्रष्टै भन्यो -”तिम्रो हातमा नेपालको पासपोर्ट छ, र तिमी थाई एयरलाईन्सबाट भरखरै आएको प्लेनबाट आएको, लागू पदार्थका लागि यी दुइ चीज (नेपाल र व्याङकक ) भएपछि के चाहियो”। उसले मेरो बारेमा अरु चासो राख्यो। मैले अमेरिकाको एउटा प्रसिद्ध विश्वविद्यालयको नाम लिएर त्यहाँ प्रोफेसर छु भनेपछि विश्वविद्यालयले जारी गरेको परिचय पत्र माग्यो। परिचय पत्र हेरेपछि उसले भन्यो - ‘अनुहार हेरेर को बदमास को प्रोफेसर हामीले छुट्याउन सक्दैनौं, त्यसैले सबैलाई सोधपुछ गर्नै पर्छ क्षमा पाउँ’ भनेर हाँस्तै नम्रतापूर्वक छाडिदियो। नेपालीहरु आआफ्ना पाराले ठाउँ र गच्छेअनुसार नेपालको नाम फैलाई नै रहेका हुन्छन्। अवश्य पनि एक दुइ अपवाद भेटिएलान् - तर यस्ता अपवाद नेपालमा झन् धेरै छन्।

नेपालीहरु धेरै तिर छन् अचेल। भारतमा झन धेरै पहिलेदेखि। राणाकालमा भारतमा बस्ने नेपालीले नेपाली भाषाको जसरी जगेर्ना, पालन पोषण र सम्वृद्धि गरे त्यसको कुरा गरेर साध्यै छैन। नेपाल बाहिर बस्ने नेपालीले नेपालको लागि धेरै गर्न सक्छन्, र गरिरहेकै छन्। केही नगरे पनि विदेशी मुद्रा नेपाल पठाइरहेका छन्।

तर अचम्म के छ भने भारत वा अरु देशमा बस्नेले भन्दा पनि अमेरिका बस्ने नेपालीहरुले खूब झप्की खानु पर्छ। तर अर्कोतिर फेरि अमेरिका आउन नेपाली उत्तिकै उत्सुक देखिन्छन्, सिएनएन र अन्य टेलिभिजनमा देखिने कुरा नै अमेरिकी सँस्कृति हो भनेर त्यसलाई अनुकरण गर्न पनि उत्तिकै तम्सेका हुन्छन्। यी सबै कुरा सोच्दा र नेपाल कहिले फर्कने भन्ने प्रश्न र विदेशमा बस्ने नेपालीलाई गरिने गाली सम्झदा मलाई तीन वटा उखान एकै चोटी याद आए- ‘आफ्नो आङमा भंैसी देखिदैन अरुको आङमा जुम्रा देखिन्छ’, ‘देखासिकी गरीजा आह्रिसे मरीजा’, ‘झिंगाका सरापले डिंगा मर्दैन’

नेपाललाई भ्रष्टाचार, गरिबी, भेदभाव, हिंसा, प्रदूषण, लागू पदार्थ व्यापार, चेलिबेटी बेचबिखन बिहीन अनि शिक्षित, सुन्दर शान्त विशाल बनाउने प्रयासमा नेपालमै बस्ने नेपालीले भावनात्मक रुपमा नेपाल फर्किनु अति नै जरुरी छ।

अनि, नेपाल कहिले फर्किने ?







Last edited: 13-Dec-07 06:26 PM
Read Full Discussion Thread for this article