Posted by: shirish December 12, 2007
मधेस र तराईका नेताहरु मन्त्री, संसद र पार्टी परित्याग
Login in to Rate this Post:     0       ?        

विखण्डन हुन दिंदैनौं

संसद् पुनर्स्थापना हुनासाथ मसहित हृदयेश त्रिपाठी, महेन्द्र यादव र विजय गच्छदारबीच छलफल भएको थियो। क्षेत्रीय दल बनाउने आवश्यकता त्यस बेलै खड्केको हो। अहिले क्षेत्रीय दल गठनको प्रक्रिया प्रारम्भ भएको छ। यो सामूहिक चिन्तनकै उपज हो।
जेपी गुप्ता
नेता, नेपाली कांग्रेस

मधेशी नेताहरूको राजीनामा आउनुको कारण के हो ?
मुलुकले संघीयतालाई स्वीकार गर्यो र संघीयता भइसकेपछि क्षेत्रीय पार्टीको अवधारणा आउनु नितान्त स्वाभाविक हो। संसारभरका उदाहरण छन्, राष्ट्रिय पार्टीहरुले क्षेत्रीय अनुकूल आफूलाई ढाल्न सक्तैनन्। दुवैको सोचको दूरी र कार्यक्षेत्रको सीमा फरक हुन्छ।

त्यसैले संघीयतालाई स्वीकार गर्नेबित्तिकै क्षेत्रीय पार्टीको निर्माण हुनु वाञ्छनीय छ। यही बीचमा मधेशमा हत्या र हिंसा भयो, त्यसमा राष्ट्रिय पार्टीको दृष्टिकोण बनेन। एकातिर प्रधानमन्त्रीले भारतसँग कुरा गर्ने, अर्कोतिर माओवादीले सैनिक लगाएर दमन गर्ने कुरा गरे। त्यसैले राजनीतिक रिक्ततालाई पूर्ति गर्न यो निर्णयमा पुग्नुपरेको हो।


मधेशलाई छुट्टै राज्य भनेर देश टुक्र्याउन खोजेको भन्ने आरोप छ नि ?
त्यो गलत बुझाइ हो। मधेशको समस्या समाधान गर्ने र मुलुकलाई विखण्डनबाट जोगाउन गरिएको कार्य हो। मधेशमा दुई थरी संघर्ष भएपछि सात दलको समीकरणले बीचको बाटो पहिल्याउनुपथ्र्यो, त्यो गर्न सकेन।

आन्दोलनकारीको अपेक्षा पूरा गर्न थालिएको कदमलाई अन्यथा सोच्नु हुँदैन। एउटा सशस्त्र संघर्ष चलेको, अर्को शान्तिपूर्ण संघर्ष भइरहेको समयमा कि त सशस्त्र समूहले जित्नुपर्यो, कि त राज्यले दमन गर्न सक्नुपर्यो। त्यो स्थितिमा सकारात्मक कार्यका लागि नेपालको अखण्डताभित्रै रहेर आवश्यक कदम चालिएको हो।


यो सबै गराउने ँडिजाइनर’ तपाईं नै हो भन्छन् नि ?
संसद् पुनर्स्थापना हुनासाथ मसहित हृदयेश त्रिपाठी, महेन्द्र यादव र विजय गच्छदारबीच छलफल भएको थियो। क्षेत्रीय दल बनाउने आवश्यकता त्यस बेलै खड्केको हो। अहिले क्षेत्रीय दल गठनको प्रक्रिया प्रारम्भ भएको छ।

यो सामूहिक चिन्तनकै उपज हो। दल निर्माण बाँकी छ। त्यो प्रक्रिया छिट्टै पूरा हुने विश्वास छ। सबैलाई एक ठाउँमा ल्याएर शान्तिपूर्ण संघर्ष गर्ने र समस्या समाधान गर्ने हाम्रो दक्ष्य हो।


मधेशी नेताहरूको यो कदमले देशको राजनीति र संविधानसभा निर्वाचनलाई के असर पार्छ ?
यो कदमले देशको राजनीतिलाई संघीयताको नारामा मात्र सीमित हुन दिंदैन। संघीयतालाई प्रवर्द्धन गर्ने र सात दललाई संघीयताबाट भाग्न नदिने काम गर्छ। सबैले बिर्सिनुहुँदैन कि संघीयता नेपालको चाहना र आवश्यकता हो। अर्को कुरा, संविधानसभा प्रमुख प्रँथमिकता हो।

संविधानसभाबाट मात्र राज्यको पुनर्संरचना र संघीयता स्थापित हुने हो, त्यसैले क्षेत्रीय दलले संविधानसभालाई अनिवार्य गर्नेछ र संविधानसभा निर्वाचन चाँडो गराउन दबाब सिर्जना गर्नुका साथै वातावरण पनि बनाउँछ।

प्रस्तुतिः टंक पन्त

Read Full Discussion Thread for this article