Posted by: भउते December 12, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

जदौ सप्पैलाई !

अन्तरेलाई जन्म दिनको धेरै धेरै शुभकामना ! अस्ति लागेको रोगब्याधले छोडोस्, चौतारी मेलाँ मसँग भिड्ने तागत भरियोस।

हाम्रा पालाँ चौतारीमा बसेर माथि उडेको चरा जस्तो हवाइजहाज हेर्थेम के रे, अचेल हवाइजहाजमा बसेर चौतारी हेर्न थालेछन्, जमाना ठ्याक्कै उल्टो भो गाँठे।  अझ भएन भनेर हवाइजहाजा'ट चौतारीका गाम्ले सँग गफ अर्न नि भ्याउनी के, सकिएन बा'।

रिठ्ठेसान के छ? हेsssssssरी  <<-----यो  आइकोन देख्यो कि रिठ्ठेसान एम एस एनमा साइन इन भे' जस्तो लाउँछ, ठ्याक्कै उस्तै छ के रे। एम एस एनमा मुख अर्को तिर बाङ्गेको छ, फरक त्यत्ति हो।

जिम्माल, चित्रे, राहुलदा', ठुल्नानी, ह्यारिशसोम, ग्वाँचे सप्पैलाई नमस्ते। हाउँरी ठुल्नानी त चौतारी भेलाको म्यानेजर भइचन के रे, अचेल त बोल्न नि डर लाउँच गाँठे, कता पुन्टेदा' को मा मेरो सुत्ने ठाम निलम्बन गरेर मलाई फाएर अर्नी हुन कि भनेर।

ग्वाँचे-प्रभो, के छ नयाँ खबर? चौतारी मेलामा आउने हो कि?  बरु मेरो अशक्त सिठ हउरलाई छोड्दिम्ला।

 

Last edited: 12-Dec-07 11:24 AM
Read Full Discussion Thread for this article