Posted by: PallaGhareAntare December 12, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

जन्मदिनको शुभकामना दिने सम्पूर्ण गाम्लेलाई धेरै धेरै धन्यबाद। रिठ्ठे, ठुली, ठुल्दाई, चित्रे, जिम्माल बा, हरि सबैलाई धन्यबाद। दिल खुश भो बिहानै बिहानै रिठ्ठेको कार्ड हेरेर। घरतिर बा, आमासंग नि बात मारियो।

याँ नर्थ क्यारोलाइनाट बाल्टिमोर तिर फर्किन ला, फलाइट क्यान्सिल भ'र चार घन्टा देखिन् बिमानस्थलाँ छटपट गरेर बस्नु पर्‍या छ। यहि बहानाले अड्डा नि जान परेन आज क्या मज्जा। उता जोत्न गा डाँडो तिर यो जालो नभ'र चौतारी नि आउन पाइया थेन अलि दिन अब यो फुर्सदको समय सदुपयोग गर्नु परो।

बरु चौतारी भेलाको के हुंदै छ? वासको समस्या टडकारो रुपमा देखिएता पनि विशेष प्राविधिक कारणवश आफ्नु तर्फाट केहि गर्न नसक्दा बडो दुख लागेको सम्पूर्ण गाम्लेलाई अवगत गराउन चाहन्छु। खालि बसाई खर्काँ हो भन्नु मात्तै, साहू बुढाले कैले कता कैले कता जोत्न पठाउनि र खर्काँ उहि छुट्टिका बेलाँ कैले काँही जान पाउनि हुनाले अन्तरे पनि आधा पाहुना सरह नै हो भन्ने सबैले बुझि दिनु नै हुनेछ।

लौ अब चाहिँ जहाज छुट्ला जस्तो छ। भरे भेटम्ला।

 

Read Full Discussion Thread for this article