Posted by: shirish December 12, 2007
मधेस र तराईका नेताहरु मन्त्री, संसद र पार्टी परित्याग
Login in to Rate this Post:     0       ?        

तराईमा पृथक्तावादी आन्दोलनको चेतावनी

नेपाल समाचारपत्र, (काठमाडौं)।
नयाँ पार्टी गठनका लागि सांसद र पार्टी सदस्यबाट समेत राजीनामा दिनुभएका हृदयेश त्रिपाठीले मधेसमा समस्या समाधानका लागि सेना परिचालन गरिएमा पृथक्तावादी आन्दोलन शुरू हुने चेतावनी दिनुभएको छ।

ँअहिले तराई संघीय राज्यका लागि लडिरहेछ तर बल प्रयोग गरियो भने प्रतिकारका लागि सेना गठन गर्नुपर्ने बाध्यता हुन्छ र पृथक्तावादी आन्दोलनको रूप लिन्छ’ -उहाँको भनाइ थियो।

रिपोर्र्टर्स क्लबमा मंगलबार बोल्दै नेता त्रिपाठीले प्रधानमन्त्रीले भारतले चाहे मधेसको समस्या दुई मिनेटमा समाधान हुन्छ भन्नु र माओवादी अध्यक्ष प्रचण्डले सेना परिचालन गर्नुपर्छ भन्नुभएबाट नै तराईमाथि गम्भीर षड्यन्त्र शुरू भएको आरोप लगाउनुभयो। मधेसको समस्या समाधानमा दलहरू गम्भीर नभए ठूलो भूकम्प ल्याइदिने उहाँले चेतावनीसमेत दिनुभयो।

सात दल, सरकार र संसद् मधेसको सबालमा प्रभावहीन भएको बताउँदै उहाँले क्षेत्रीय राज्यका लागि संघर्ष गर्ने तर कुनै पनि पार्टी विशेषलाई कमजोर बनाउने उद्देश्य आफूहरूको नरहेको दाबी गर्नुभयो।

नेपाली कांग्रेसका सहमहामन्त्री डा. रामवरण यादवले कांग्रेसमा लामो समय बिताउनुभएका सहकर्मी महन्थ ठाकुरले पार्टी छाड्दा गम्भीर बनाएको टिप्पणी गर्दै धमिलो पानीमा माछा मार्नेहरूको षड्यन्त्रबाट यस्तो काम भएको हो कि भनी आशंका व्यक्त गर्नुभयो।

राजीनामा दिएर नयाँ पार्टी गठनका लागि गएका नेताहरूले गम्भीरता देखाउने विश्वास व्यक्त गर्दै उहाँले राजनीतिक सहमति बन्दै गर्दा मधेसी सांसदको राजीनामा आउनुले थप शंका उत्पन्न भएको बताउनुभयो।

लोकतन्त्रमा पार्टी छाड्ने र खोल्ने अधिकार जोकसैलाई भए पनि यो उचित समय नभएकाले गम्भीर हुनुपर्ने बताउँदै उहाँले पार्टीका थुप्रै नेता जाँदा पनि नेपाली कांग्रेस लोकतन्त्रका लागि निरन्तर अगाडि बढिरहेको इतिहास नभुल्न पनि पार्टी छोडेर जानेहरूलाई सुझाव दिनुभयो।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य वामदेव गौतमले विभिन्न कुनाबाट चलखेल र षड्यन्त्र भइरहेको बताउँदै मधेसका लागि छुट्टै दल खोल्नेहरू जमिनदारी र युद्ध सरदारका विचारबाट प्रेरित नहुन् भनी कामना गर्नुभयो।

क्षेत्रीयताका आधारमा मात्र संघात्मक राज्य बन्न नसक्ने भन्दै उहाँले भाषा, समुदाय, जातिलगायतका विषयलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो। आफूले पनि विगतमा पार्टी फुटाएको स्मरण गराउँदै उहाँले दल फुटाएर चलाउन सकिँदो रहेनछ भन्नुभयो।

नेकपा (माओवादी) का डेपुटी कमान्डर वर्षमान पुन (अनन्त) ले मधेसका सांसदको राजीनामाले नयाँ राजनीतिक ध्रुवीकरणको संकेत गरेको र घटनाका पछाडि कसै न कसैको हात रहेको ठोकुवा गर्दै राजनीतिक सहमति निर्माण हुनै लाग्दा मधेसका सांसदहरूबाट राजीनामा आएकाले गम्भीर षड्यन्त्रको संकेत गरेको बताउनुभयो।

सो अवसरमा राष्ट्रिय जनशक्ति पार्टीका प्रवक्ताबाट राजीनामा दिनुभएका सर्वेन्द्रनाथ शुक्लले १५ दिनभित्र नयाँ दल खोल्ने बताउनुभयो। उहाँले ठूला दलका उल्लेख्य नेता तथा कार्यकर्ता आफूहरूको सम्पर्कमा आइसकेको दाबी गर्दै सशक्त क्षेत्रीय दलका रूपमा स्थापित हुने बताउनुभयो।


राजीनामाको स्वागत
मधेसी जनअधिकार फोरमले चार सांसदद्वारा दिएको राजीनामा स्वागतयोग्य भन्दै गैरमधेसी राजनीतिक दलहरूमा संलग्न सबै मधेसीहरू पार्टी त्याग गरी ँस्वशासित स्वायत्त मधेस प्रदेश’ मा एक हुन आग्रह गरेको छ।

अध्यक्ष उपेन्द्र यादवद्वारा मंगलबार जारी विज्ञप्तिमा अब निर्णायक उपलब्धिपूर्ण आन्दोलनमा जुट्नुको अर्को विकल्प नभएको उल्लेख गरिएको छ।

Read Full Discussion Thread for this article