Posted by: parikalpana December 11, 2007
Yad
Login in to Rate this Post:     0       ?        

जब जब तिम्रो याद आउँछ
चांदनी रातमा ज्वाला बनेर आउँछ
आंखामा स्वप्ना भिजेर आउँछ
मनमा घाउ बिझेर आउंछ ।


एकान्तमा तिम्रो तस्वीर सिरानीमा लुकेर आउँछ
तिमी छैनौ त के भो केही त राहत आउँछ
स्मृतिमा तिम्रो याद बटुवा बनेर आउँछ
जब जब तिम्रो याद आउँछ
चांदनी रातमा ज्वाला बनेर आउँछ ।


विवशतासँगै तिम्रो याद चाहना बनेर आउँछ
आवाज बिना तिम्रो याद मौन गाएर आउँछ
स्पर्श तिम्रो कुनै बेला तृष्णा बनेर आउँछ
जब जब तिम्रो याद आउँछ
चांदनी रातमा ज्वाला बनेर आउँछ ।

 
Read Full Discussion Thread for this article