Posted by: ritthe December 10, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

नमस्ते सबैलाई
ठुलि, चित्रे, ठुल्दाइ अनी अरु सबैलाई मिठो सम्झना तथा न्यानो माया
हजुरहरुको कृपाले म यहाँ सञ्चै छु साथै भगवान श्री पशुपती नाथ सँग हजुरहरुको पनि आरामीको कामना गर्दछु
यहाँहरु सबैको यस्पालीको पनि सप्तान्त बिगत झै रमाईलै गरी बित्यो होला भन्ने सोचेको छु
हाम्रा आदरणिय  श्री ठुल्दाइको कम्प्युटरमा समस्या देखिएको भन्ने खबर थाहा पाउदा ज्यादै दु:ख लागेको छ । चाडै नै उक्त समस्याबाट छुट्कारा पाउनु होस् भनी कामना गर्दछु
साथै ईन्टरनेट बाट नर्टन एन्टी भाईरस निसुल्क डाउनलोड गर्न समेत् सुझाव दिन चाहन्छु
बाँकी भेट मा !
हजुर हरु को आत्मिय,
रिट्ठे

Read Full Discussion Thread for this article