आफ्नो वास्तविक उमेर लुकाउन र आफूलाई चीरयुवा देखाउन चाहने प्रोफेसर दुगाप्रसाद उर्फ डिपी भण्डारीलाई अब कति वर्षपछि मर्छु भन्ने लागेको होला? कसरी मर्न चाहलान् उनी? के होला उनको मृत्यु र दर्शन के उनी आत्महत्याबारे सोचिरहेका होलान्? बजारमा आत्महत्या गर्ने सरल तरिका सिकाउने सयौं पुस्तक पनि उपलब्ध छन्, के उनले ती पुस्तक पढेका छन्? के उनी पुनर्जन्ममा विश्वास गर्छन्? के उनी अर्को जन्ममा स्त्री भएर जन्मन चाहन्छन्? र, अघिल्लो अन्तर्वार्तामा ‘मेरो जीवनमा अप्सराहरू आएनन्‘ भनेर थकथक मान्ने उनी मृत्युपछि अप्सरासँग स्वर्णिम क्षण बिताउने सपना देखिरहेका छन्? संवाद सुरु गर्नुअघि हामीसँग भएका प्रश्नको सूची थियो यो। हामीले दुइ किलो सुन्तला बोक्यौं र संयोगले जम्मा भएका सातजनाको जुलुस लिएर लाग्यौं उनको घर पुरानो बानेश्वरतिर।
सुरुमा त्यत्रो भिड देखेर उनी अक्मकाए। ‘माथि अटौला र सबैजना?’ उनले बरन्डातिर संकेत गरे, जहाँ बेतका केवल चार कुर्सी राखिएका थिए। आखिरमा घाम ताप्दै तलै बस्ने सहमति भयो। ‘फोटो पनि खिच्छौ, होइन?’ भन्दै उनी कपडा फेर्न गए। हामीले सुरुमै सोध्यौं- ‘तपाईं अब कति वर्ष बाँच्नुहोला? सुन्तलाका बिया थुक्दै उनी गन्गनाए- ‘देशमा यस्तै स्थिति हो भने त केही वर्षमै जान्छु होला। होइन, (स्थिति) राम्रो हुँदै गयो भने डेढ दुइ दशक बाँचुला। (पुरै कभरेजका लागि पाल्पाअनलाइन डट कम भिजिट गर्नु होला)