Posted by: BKMailo December 9, 2007
BHOJPUR
Login in to Rate this Post:     0       ?        

एमाले-वाईसीएल झडपमा दर्ुइ घाइते

भोजपुर -कास)- एमाले- वाईसीएल झडपमा शनिबार दर्ुइ जना गम्भीर घाइते भएका छन् । सदरमुकामदेखि १० कोस उत्तर दिङलामा बालाचर्तुदशी मेलामा स्वयंसेवकमा खटिएका  वाईसीएल र मेलामा आएका एमाले कार्यकर्ताबीच एकअर्कामा ठोक्किएको निहु“मा झडप भएको हो । प्रहरी निरीक्षक टंक भट्टर्राईका अनुसार एमाले कार्यकर्ता दिनेश भट्ट र जितकुमार र्राई गम्भीर घाइते छन् । टाउकोमा चोट लागेका उनीहरूको दिङलास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । वाईसीएलका तर्फाट बढी बल प्रयोग भएकामा गल्ती स्वीकार्दै घाइतेको उपचार र घटनामा संलग्नलाई कारबाही गर्ने एरिया इन्चार्ज राजकुमार दंगाल -समूल) ले जनाए ।

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=130719

Read Full Discussion Thread for this article