Posted by: Rahuldai December 5, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

मैले नि चिया संग म:म: चोपेर खाएं आज, ठुली ले के चोपेर खायौ?

अरु जम्मै अल्छिशिरोमणीहरु कता हराए भन्छु म।

हात दुखेको बुढो कराउंदा कराउंदा मुखै सुकि सक्यो। आएका हैनन्। लहरेबौचा त डेरा सर्दै छन्, ब्यस्त होला, बाकी कामचोरहरुका राजा- पट्ठो रिट्ठे नि गयाब छ। प्रचण्ड अल्छी शिरोमणी हरि हर हाडा अहिले देखि नै "केक काट" समारोह मै मग्न होला। बिर्खे जिम्माल कहाँ गयो। डन्दीचार हो कि पाँच आएथ्यो रे मुहारमा, त्यही धोइ पखालि रहेको होला।
हरि शरणम्। के हो के बुझि नसक्नु छ, यो दैबको लीला, तरुणीको लाली जस्तै, नेताको ताली जस्तै, दुष्टको गाली जस्तै। तारेमाम्।

Last edited: 05-Dec-07 08:51 AM
Read Full Discussion Thread for this article