Posted by: gahugoro December 4, 2007
Sujata Koirala
Login in to Rate this Post:     0       ?        

प्रधानमन्त्रीपुत्रीको राजसी ठाँट

झलक गैरे(नेपालगन्ज)काबिहानै डाकिएको पत्रकार सम्मेलनमा नेपालगन्जका अधिकांश पत्रकारको जमघट थियो। पत्रकारभन्दा दोब्बर संख्यामा कार्यकर्ताहरू सम्मेलन कक्षमा थिए।

निर्धारित समयभन्दा १ घण्टा ढिलो पत्रकारमाझ पुग्नुभएकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्रीपुत्री सुजाता कोइरालाले पत्रकारलाई आरोप लगाउँदै आफना कुरा शुरू गर्नुभयो- पत्रकार भ्रम र्छछन्।

एक साता लामो पश्चिम नेपालको भ्रमणमा रहनुभएकी प्रधानमन्त्रीपुत्री कोइरालाको सोमबार निकै व्यस्ततामा बित्यो। उहाँको पूवनिर्धारित सेड्युल’मा दोब्बर कार्यक्रम थपिएका थिए। थपिएकै कार्यक्रममा पहिलो थियो- पत्रकार सम्मेलन।

पत्रकारले नबोलेका कुरा दिएर भ्रम मात्र र्छर्ने काम गरेका छन् भन्दै शुरू गर्नुभयो( गृहमन्त्री र माओवादीको सत्तोसराप।
नेपालगन्जमा भएका आधा दिनका आधा दर्जन कार्यक्रममा कोइरालाले शान्तिसुरक्षाको अवस्था दिनप्रतिदिन बिगँदै गएको कुरामा जोड दिँदै गृहमन्त्री कृष्णप्रसाद सिटौलाको राजीनामाको विकल्प नरहेको बताउनुभयो।

गृहमन्त्रीलाई संविधानसभाको निर्वाचनको बाधकका रूपमा अघि सार्दै नेत्री कोइरालाले भन्नुभयो- गृहमन्त्री र माओवादीबीच साँठगाँठ छ।’

२०४७ सालको संविधानमै टेकेर नयाँ राजनीतिक निकास दिनुपर्ने कुरामा जोड दिनुभएकी नेत्री कोइरालाले अन्तरिम संविधानलाई ऊँटजस्तो कुरूप रहेको आरोप लगाउनुभयो। अन्तरिम संविधानको औचित्य समाप्त भएको बताउँदै उहाँले पुरानै संविधान फिर्ता ल्याए समस्या हल हुने धारणा राख्नुभयो।

मध्यपश्चिमाञ्चल क्षेत्रका दुवै प्रहरी प्रमुखसँग भेटघाट गर्नुभएकी नेत्री कोइरालाको स्वागतमा सयौं कार्यकर्ता अगाडि-पछाडि थिए। पौने ४ बजे कैलालीतर्फप्रस्थान गर्नुअघि उहाँले कांग्रेस कार्यकर्तासँग भेटघाट गर्नुभयो।

अन्तर्राष्ट्रिय अपांग दिवस पारेर आयोजित सुषमा कोइराला मेमोरियल ट्रस्टमा ³वील चेयर वितरण गर्न पुग्नुभएकी ट्रस्टकी अध्यक्ष कोइरालालाई स्वागत गर्न विद्यार्थी झन्डै डेढ घण्टा उभिनुपरेको थियो। कोइरालासँग सांसदहरू सुशीला स्वाँर, काशी पौडेल, जनकराज गिरी र तरुण दलका केन्द्रीय पदाधिकारीहरू पनि हुनुहुन्छ।

Read Full Discussion Thread for this article