Posted by: BKMailo December 3, 2007
BHOJPUR
Login in to Rate this Post:     0       ?        

भोजपुरमा विद्युत् विस्तार

कान्तिपुर समाचरदाता

भोजपुर, मंसिर १६ - नेपाल विद्युत् प्रँधिकरणले जिल्लामा दस करोड रुपैया“ बराबरको विद्युत् विस्तार योजना सञ्चालन गर्नेभएको छ ।

जिल्लामा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार गर्न  जरायोटारको लेगुवादेखि भोजपुर सदरमुकामसम्म ६६ किलोमिटर दूरीमा पोल गाड्ने कार्य पूरा भएको छ ।

सदरमुकाममा प्राधिकरणले ३३ किलोभोल्ट क्ष्ँमताको विद्युत् प्रसारण लाइन जडान गर्नेभएको छ । तार टा“गेर आगामी चैत मसान्तमा बिजुली बाल्न तयारी भइरहेको जलस्रँेत राज्यमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

सदरमुकाममा १ करोड ८५ लाख रुपैया“ लागतमा विद्युत् सबस्टेसन निर्माण कार्य सुरु भएको छ । जिल्लाका ६३ गाविसमा विद्युत् विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको मन्त्री कार्कीले बताए । प्रँधिकरण ग्रामीण विद्युतीकरण विभागका कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीले भोजपुरमा यो वर्षविद्युत् विस्तारमा ११ करोड रुपैया“ सरकारले विनियोजन गरिसकेको बताए । जिल्लाको पश्चिमी क्ष्ँेत्र बोखिम, सिद्धेश्वर, गुप्तेश्वर, तिम्मा, छिनामुख, अन्नपर्ूण्ा, नागी, खावा, कोट, गोगने र लर्ेखर्क ११ गाविसमा विद्युत् विस्तारका लागि र्सर्वेक्ष्ँण गर्न १ करोड रुपैया“ रकम विनियोजन गरेको उनले जनाए । आइतबारदेखि र्सर्वेक्ष्ँण टोलीले कार्यसमेत सुरु गरेको छ ।

जिल्लाको उत्तरी क्ष्ँेत्र याङपाङ, चम्पे, हलौछा, बोया, साङपाङ, देउराली, तुङगेछा हु“दै दिङ्ला, दलगाउ“, भुल्कै, आखे, धोदलेखानी, बैकुन्ठे ह“ुदै बासिङथर्पुसम्म र्सर्वेक्ष्ँण गरी यसैवर्षपोल गाड्ने र तार टा“ग्ने कार्य पूरा गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक कार्कीले बताए ।

 

SOURCE:

http://kantipuronline.com/kolnepalinews.php?&nid=130085

Read Full Discussion Thread for this article