Posted by: Birkhe_Maila December 3, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

चौतारी इन्जिनियरहरु द्वारा आम हडताल?

यस चौतारीका अनेकौँ भागहरु बिभिन्न आकर्षक डिजाइनका साथ बनाउँदै आएको चौतारी इन्जिनियर काउन्सिल द्वारा देशव्यापि अन्डरग्राउन्ड हडताल गरेको आशंका गरिएको छ। उक्त चौतारी इन्जिनियर काउन्सिलका अध्यक्ष श्रि कुमलकान्त कार्की तथा चौतारी इन्जिनियर काउन्सिलका फाउन्डर श्री नमेकान्त नकर्मीको लामो अनुपस्थितीले गर्दा, काउन्सिलका सकृय इन्जिनियरहरु; श्री हरितालिके हाडा, श्री चित्रबहादुर चित्रकार र श्रि लहरेकान्त लाकौल समेतले नयाँ चौतारी निर्माण तर्फ देखाएको उदासिनता सबैको सामु प्रस्ट छ। उक्त उदासिनताले अहिले चौतारी ५०० पोस्ट नाघिसक्दा पनि नयाँ निर्माणको केहि अत्तो पत्तो छैन। यस गम्भिर घडिमा २ जना कुशल इन्जिनियरहरुको खाँचो भएको हुँदा आजका मितिले २ दिन भित्रमा नयाँ चौतारी निर्माण गरिदिए, यस चौतारीमा बिना प्रमाणपत्र आजीवन इन्जिनियरको पद प्राप्त गर्न सक्नेछन् तलब, भत्ता, बिदा र अरु सुबिधा चौतारीको नियम अनुसार हुनेछ।

धन्यवाद्।

Read Full Discussion Thread for this article