Posted by: Rahuldai December 3, 2007
what is behind rakta chandan रक्तचन्दन
Login in to Rate this Post:     0       ?        

रक्त चन्दन बारे केही शब्दहरु मलाई नि खर्चिन मन लाग्यो। पहिलो कुरा त रक्त चन्दन कहाँबाट आउछ भन्ने कुरा। भारतको कर्नाटक र तमिलनाडु राज्य बीचकि जङलमा पाइने ब्रिक्ष हो रक्त चन्दन्। बिरप्पनको आतंक तिनै रक्त चन्दनको आडमा दुइ तिन दशक चले।


कर्णाटक देखि नेपालको सीमा सम्म को दूरी मेरो अन्दाजमा २ हजार माइल भन्दा बढी होला। भारतमा पनि अबैध ठहरिएको चन्दन ट्रक का ट्रक हजारौं माइल कसरी आए?
लौ जसरी आए नि आए रे। नेपालको सीमा प्रबेश पछि पनि ४-५ सय किलोमिटर तय गर्नु पर्छ। ३००० किमि त सजिलै पार् गर्नेलाई ५ सय किमि के भो र, त्यो पनि पार गरे रे। जाने त अर्को दुष्ट छिमेकी मुलुक मै हो। तस्करीलाई सिधै बिना न्यायिक प्रक्रिया म्रित्यु दण्ड दिने मुलुकको हजारौं किमि यात्रा कसरी तय हुन्छ? सोचनिय कुरा छ।


नेपाल र भारतका प्रहरी, प्रशासन, र तिनलाई संरक्षण दिने नेता हरु भ्रष्ट छन् रे कुरा प्रष्ट छ पनि।
जनताका मसिहा, गरिब र सर्बहाराका आदर्श कम्युनिष्ट मुलुकमा नै ती तस्करिएको चन्दन यति सहजै ग्रहण हुन्छ त?
तातोपानी भंसारमा समातिएको ट्रकमा त्यही दुष्ट मुलुकको राजदूतबासको नम्बर प्लेट हुनु संयोग मात्र मान्न कदापि मिल्दैन।


यहाँ चन्दन तस्करीको बजारी हल्ला  भागबन्दाको मेल नभए पछि मात्र सार्बजनिक हुने गर्दछ। वाइ सी एल र सुजताको नाम उछाल्दै सबैले आ-अफ्नो दुनो सोझ्याइ रहेका हुन्छन्। यस्को वास्तबिकत मालिक तिनै दुष्ट मुलुकका राजदूताबास तिर हुन्छन् भन्ने हेक्का न भएको अथवा अरुको बदनाम गराउने ठेक्का लिएकाहरुमा ज्ञान न भएको सोचनिय छ। सुमेधु ले भने जस्तो  हो कि?
मात्रिका यादब खै कुर्लेको? अब त तिनलाई गठबन्धन सरकारको धर्म निभाउनु छैन। गिरिजाले हप्काउला भन्ने डर पीर छैन। गिरिजाकी छोरी ले रक्त चन्दन तस्करी गर्छे भनेर गिरिजाको अगाडी  गर्जने सक्ने बहादुर कुन दुलोमा लुकेका छन्। हिम्मत भए, प्रमाण भए सार्बजनिक गरे हुन्थ्यो नि टुंडिखेलमा रक्त चन्दन जलाउनुको साटो प्रमाण देखाउनु नि।
कहिं तिनै माइबापको आदेशा अनुसार संबिधान सभा भाड्ने उपक्रमको एक पाइला  त थिएन, मात्रिकाको रक्त चन्दन्।
स्मरणिय छ, ती जंगलीहरु संग भएको अधिकांश  आधुनिहतियार हरु उत्तर तिरको छिमेकीबाटै प्राप्त भएका हुन् जो अनमिनलाई बुझैएको छैन। ती हतियारको सोधभर्ना रकम त होइनन् रक्त चन्दनले भरिएको ट्रक?
हो, कुनै पनि अबैध कार्य रोक्नु पर्दछ। यसमा दुइमत न होला । तर रक्त चन्दन भन्दा नि संबेदनशील तस्करी मुलुकमा भैराख्या छ, यसमा ध्यान जाने कहिले। मानव तस्करी।
अबैध रुपमा अफ्गानिस्तान अनि इराक जस्तो मुलुकमा दिनहु सयौं नेपाली मानव तस्करीमा म्रुत्युको काखमा धकेलिंदै छन्।
सयौं चेलीबेटीहरु मुम्बैको  बेश्यालयमा नारकिय जीवनमा तस्करिंदै छन्।
खै त, गरिब जनताका मसिहा ,  शोषित, दलित का देबता, नारीका पुजारीहरुले त्यस्ता सभ्यताका कंलकहरुलाई नियन्त्रणमा लिएको?
स्पष्ट छ, तिनको मोलतोलमा कम दाम हुने हुन्छ, चन्दनमा धेरै।
बुझ्नेलाई श्रीखण्ड......................................................। अस्तु!

Read Full Discussion Thread for this article