Posted by: sumedhu December 3, 2007
Bir Bir Gorkhali
Login in to Rate this Post:     0       ?        
 

"हामी कहिलै बीर थिएनौँ

हामी केवल बुद्दु थियौँ त्यसैले हामीलाई कसैले बीर बनायो"

यो मेरो भनाइ हैन, नेपालका सुप्रसिद्द कवि भूपि शेरचनको हो र यो भनाइ शतप्रतिशत भन्दा बढी सही छ भन्ने माने हुन्छ ।

ब्रिटिश राजलाई एउटा साइकोलोजिकल वारफेयरमा कामलाग्ने कुरा चाहिएको थियो । यिनीहरूले चाल पाए , नेपालीहरू जुन तत्कालिन विश्व सभ्यताबाट पर अनकण्टारमा बाँचेका थिए र नेपालका विशेषत मंगोल जातका मान्छेका अनुहारहरू जुन युरोपमा  प्रथम विश्वयुद्द अगाडि नौला नै लाग्थे तिनैको प्रयोग गरी तिनको बारेमा अतिरञ्जित प्रचार गर्नुमा लाभ थियो र त्यही गरे । अनि यी पछौटे संसारबाट ल्याइएका निर्दयी पाषाण ह्रदय बोकेका खुकुरी बोकेका अर्धजंगली नेपाली गोर्खाहरू मान्छेको टाउको छप्प हानेर छिनाउँछन र तिनीहरूको रगत पनि पिउँछन भन्ने खालको प्रचारको प्रयोग गरी बेलायतले फ्रेञ्च र जर्मनहरू माथि मनोवैज्ञानिक अस्त्र प्रयोग गरेको थियो र यही कारण जर्मन तानशाह कैजरले भनेका थिए '"गोर्खालीहरू सानो कदका हुन्छन् तर तिनको निर्दयिताको कुराले मेरो मन हल्लिन्छ " । यो कुनै पुरुषार्थको बखान थिएन बरू घृणाको अभिव्यक्ति थियो एउटा धन कमाउन स्वामिभक्ति देखाएर आफ्नो निष्ठा क्रूरताको कृत्यका लागि बेच्नेहरूकालागि।

अत: गोर्खाली बीरता भनेको केवल बेलायती गोराको प्रचार हो । मुलुकका लागि गोर्खाली बीर हुन्थे भने सुगौली सन्धिमा नेपालको आधा भूभाग गुम्ने पनि थिएन र बेलायतीहरू गोर्खालीको बीरताबाट त्यति बिघ्न प्रभावित थिए भने , उनिहरूले नेपालको भूभाग बलजफ्ति खोसेर जाने बेलामा विशाल भारतको विसालतालाई थपेर छोड्ने थिएन । मुसलमानका लागि पाकिस्तान दिनेले हामीबाट लुटेको मुलुक हामीलाई दिने नैतिकता किन प्रदर्शन गरेन , बेलायतले ?

अत गोर्खाली बीरताको बकवास केवल लाहुरेको परिवारको लागि ठीक होला अन्यत्र कतै नगर्दा वेश हुन्छ ।

Read Full Discussion Thread for this article