Posted by: parbatya November 30, 2007
Read this once
Login in to Rate this Post:     0       ?        

Read this article. I found it interesting

Mr. Manuj Chaudhari usually writes the relevant articles in 'Nepal' weekly. I like his articles.


दोषी को ः विद्यालय कि अभिभावक ?

मनुज चौधरी

मेरा एक जना मिहिनेती, इमानदार र वास्तवमै देशभक्त मित्र छन् । उनका छोरा देशकै सबभन्दा उत्कृष्ट स्कुल रातो बङ्गलामा पढ्छन् । केही दिनअघि गफगाफको सिलसिलामा उनले भने, "रातो बङ्गला भनेर के दङ्ग पर्नु ! त्यहाँबाट पढेका अधिकांश विद्यार्थी विदेश गएपछि नेपाल नै फर्किंदैनन् । मलाई त छोराको स्कुल नै सारििदउ“m कि जस्तो लागिसक्यो ।"

मैले भनेँ, "तपाइर्ंको छोरा नेपाल फर्किएन भने त्यो तपाईंको दोष हो, तपाईंको छोराको दोष हो । अभिभावकको दोष हो । विद्यालयको होइन ।" एकछिन गमेर मेरा मित्रले भने, "वास्तवमा ठीकै भन्नुभयो ।"

नेपालजस्तो तेस्रो विश्वको राष्ट्रका लागि राम्रा विद्यालयका सबैजसो र साधारण विद्यालयका उत्कृष्ट विद्यार्थीहरू विदेश पलायन हुने र अन्य विद्यार्थीहरूले विकसित बाहिरी विश्वको अनुभव नै गर्न नपाउने स्थिति देश विकासका लागि ठूलो बाधक बनेको छ । राम्रा विद्यार्थीहरूको थुप्रोले मात्र देश विकास हुन्छ भन्ने होइन । तर, सर्वाङ्गीण देश विकासका लागि राष्ट्र हाँक्नेहरूमा ज्ञान -नलेज) को ठूलो आवश्यकता हुन्छ, जसको अभिवृद्धिमा निश्चय नै शिक्षाको महत्त्व रहन्छ । तर, मेरा मित्रले सोचेजस्तो विद्यालय परविर्तन गर्दैमा समस्या समाधान हुने होइन । त्यसका लागि त हाम्राे मानसिकता परविर्तन हुन जरुरी छ । हाम्रो विवेक -विज्डम) ले काम गर्न जरुरी छ ।

विद्यार्थीहरूलाई आफ्नो गच्छेले भ्याएसम्म राम्रो शिक्षा दिनैपर्छ । त्यसक्रममा नेपाली विद्यार्थीहरू सकभर विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमा जानैपर्छ । त्यसमा दुईमत हुन सक्दैन । मलाई एकपटक त्रिभुवन विश्वविद्यालयकी एक सहप्राध्यापकले भनेकी थिइन्, "इमानदारीपूर्वक भन्नुपर्दा हामीले त पहिलो वर्ष पढाउँछौँ, दोस्रो वर्षदेखि त्यही कुरा दोहोर्‍याउँछाँै  ।" यस्तो शैक्षिक प्रणाली व्याप्त भएकै कारण हामीकहाँ एमए पास गरेका अधिकांश विद्यार्थीभन्दा बि्रटेन, अमेरकिातिर भर्खर विद्यालय या 'ए' लेभल्स सकेका १७-१८ वर्षका विद्यार्थीहरूको आत्मविश्वास, लेख्ने, बोल्ने, तर्क गर्ने र नेतृत्व गर्ने क्षमता स्पष्टतः बढी हुन्छ । त्यसकारण नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि बाहिर पठाउनैपर्छ । त्यसरी जाने अनि खासगरी अमेरकिाका राम्रा विश्वविद्यालयहरूमा प्रवेश पाउनेहरू मूल रूपमा उत्कृष्ट मानिएका विद्यालयहरूकै विद्यार्थीहरू हुने गर्छन् । नेपाली विद्यार्थीहरूले त्यस्ता विश्वविद्यालयमा छात्रवृत्ति पाउनु सम्बन्धित विद्यालय र अरूका लागि पनि गर्वको कुरा हो । तर, मेरा मित्रजस्ता वास्तविक देशभक्तहरूलाई त्यो गर्व ग्लानिमा तब परण्िात हुन्छ, जब ती विद्यार्थीहरू स्वदेश नै फर्किंदैनन् ।

त्यसको दोष अरू कसैलाई नभई हामीले सबभन्दा पहिले आफैँलाई र हाम्रा छोराछोरीलाई दिनुपर्छ । मैले आजसम्म कुनै अभिभावकले आफ्ना छोराछोरीलाई 'तिमीले राम्रो शिक्षा पायौ, काम गरेर केही अनुभव पनि हासिल गर्‍यौ, केही पैसा पनि कमायौ अब नेपाल नै आऊ, यहीँ काम गर' भनेको सुनेको छैन । बरु नेपाल फर्किन्छु भन्ने चाहना भएका युवकयुवतीहरूलाई अभिभावकहरूले, 'यस्तो बेलामा पनि फर्किन्छन् ? यहाँ भएका सारा मानिसहरू कसरी उम्कौँ गररिहेका छन्, तिमीहरूचाहिँ आउने कुरा गर्छौ, नचाहिने कुरा नगर' भनेर हप्काएको सुनेको छु । र, नेपाल नर्फकनका लागि अनेक कारण दर्शाउने युवकयुवतीहरू प्रशस्त भेटेको छु ।

हामी हाम्रा छोराछोरीहरू अमेरकिा, बेलायत, अस्ट्रेलियामा छन् भन्ने कुरामै ठूलो गर्व गर्छौं । झन् उनीहरूको अलि राम्रो जागिर छ, घर-सर, मोटर-सोटर छ भने त हाम्रो नाक घिरौँलाजत्रो हुन्छ, मानिलिउ“m आमाबाबुको छोराछोरीका लागि जिन्दगीको सबभन्दा ठूलो सपना नै त्यही हो, छोराछोरीले मोक्ष प्राप्त गर्ने बाटो नै त्यही हो भनेजस्तो । हो, एक छाक खानलाई, परविार पाल्नलाई गाउँगाउँबाट गाईवस्तु बेचेर, ऋण काढेर विदेशिने र सकेमा त्यतै पलायन हुने नेपालीहरूको कुनै दोष छैन । 'मरता क्या न करता' ! तर, यहाँ देश विकासमा योगदान पुर्‍याउनसक्ने उत्कृष्ट शिक्षा र विशिष्ट अनुभवप्राप्त उच्च मध्यम र उच्च वर्गका नेपालीहरूको सन्दर्भमा कुरा गरँिदैछ, जो नेपालमै पनि सम्मानपूर्ण र आरामदायी जीवन व्यतीत गर्न सक्थे ।

तिनीहरू नर्फकनुमा देशको नाजुक परििस्थति पनि दोषी होला तर त्यस्ता युवकयुवतीहरूको फिर्तीबिना देश बनाउन कठिन हुन्छ भन्ने तर्क गर्ने हो भने दोष 'निष्त्रिmय देश' को हो कि 'सक्रिय नागरकि' को ? हामी अभिभावकहरू अनि ती विश्वकै उत्कृष्ट शिक्षा पाएका नेपालीहरूमा ज्ञान

-नलेज) होला तर खै विवेक -विज्डम) ? सानैदेखि आफ्ना केटाकेटीहरूमा विस्तारसँग विवेकको बीजारोपण गर्ने काम मूल रूपमा अभिभावकहरूको हो । हामीले केटाकेटीहरूलाई कसरी हुर्काउँछौँ, कस्ता किसिमका मूल्य-मान्यताहरू उनीहरूसँग बाँड्दै जान्छौँ, कस्तो किसिमको शिक्षा दिन्छाँै, त्यसले उनीहरूको भावी सोच र मान्यताहरूमा ठूलो प्रभाव पार्दछ । कोही आफैँ विवेकी भएर निस्कन्छन्, त्यो भिन्न कुरा हो । तर, अधिकांश स्थितिमा हामीले उनीहरूसँग बाँडेका मूल्य-मान्यताहरूका आधारमा नै उनीहरूको चरत्रि निर्माण हुने गर्दछ ।

हामी उनीहरूलाई जहिले पनि अन्तर्राष्ट्रिय या पश्चिमेली मुलुकका ठूला संस्थाहरूका ठूला मानिस बनाउने प्रयास गछौर्ं । भगवान् कोइराला या महावीर पुन बनाउने प्रयास गर्दैनौँ  । मैले कसैको अवमूल्यन गर्न खोजेको होइन । विदेशमा ठूला भएका नेपालीहरूको आफ्नै महत्त्व होला तर नेपाललाई त विदेशिएर व्यक्तिगत महत्त्वाकाङ्क्षा पूर्ति गर्ने क्रममा ठूला भएका तर देशका लागि उपयोगिताहीन सिद्ध भएका डाक्टर, इन्जिनियर, प्राज्ञ, प्रशासकभन्दा सामाजिक र राष्ट्रिय महत्त्वाकाङ्क्षाका लागि धूलो र धूवाँ खाएर विदेशको शिक्षा र अनुभव बटुली नेपालमै केही गर्न फर्किएका पुन र कोइरालाहरू नै ठूलो हुनुपर्ने होइन र ?

तर, हामीले आफ्ना छोराछोरीहरूलाई देशको परििस्थतिको दुहाइ दिँदै भगुवा हुन प्रेरति गर्ने गरेका छौँ । बेलायत, अमेरकिामा जागिर पाएर त्यहीँ स्थापित भए मात्र ठूलो भइन्छ भन्ने मान्यताका साथ हुर्काएका छौँ । अनि, को आउँछ नेपाल ? त्यसैले पहिले त हामीले आफ्नै मान्यतालाई चुनौती दिनुपर्‍यो, हाम्रो ज्ञानमाथि विवेक हावी हुनुपर्‍यो अनि हामीभन्दा मुनिका पुस्ताको सोचाइ परविर्तन होला । नत्र ज्ञानले पूर्ण तर विवेकमा शून्य नेपालीहरूको स्थायी पलायन कायम रहनेछ ।

Read Full Discussion Thread for this article