Posted by: gwanche November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

भूल सुधार: हड्डी नभएको जिब्रो चिप्लने कुरा त जायज नै भए पनि हड्डी भएको औंला नै चिप्लेर अनियतबस रिट्ठे सोमको लिङ परिवर्तन हुन गएको  मा आँफै प्रती खेद प्रकट गर्न चाहन्छौ र यो गल्ती हाम्रो औलाले अन्जान्बस गरेको भएतापनि, गल्ती गर्ने औलालाई हामीले कारवाही गरिसकेका छौ र मुद्राराक्षसको गल्तीमा आत्माआलोचना पनि गरीसकेको कुरा यही भुल सुधार बिग्यप्ती मार्फत अबगत गराउन चाहन्छौं।

अब उप्रान्त हामीद्वारा माथि प्रेशित सन्देसको चौथो अनुक्षेदको पहिलो शब्द रिट्ठे भनेर पढि दिन हुन पनि सबै गाम्लेहरु समक्ष सादर अनुरोध गर्दछौं। हाम्रो हड्डी भएको औलाको असाबधानिले गर्दा प्रत्यक्ष/  अप्रत्यक्ष रुपमा कसैको सम्मानमा ठेस पुग्न गएको भए सम्बन्धित पक्षप्रती क्षमा प्रार्थी छौ र यसको क्षतिपुर्ती अबिलम्ब सम्बन्धित पक्षलाई प्रादन गरियोस भनेर हामी नेपाल सरकारसँग जोड्दार माग गर्दछौं। धन्यवाद!

Read Full Discussion Thread for this article