Posted by: Birkhe_Maila November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

हन ए गाम्लेहो यो बुडेसकालाँ मद्दत चाइयो मलाई। समस्या तल लेखिएको छ-

जिन्दगी भर कहिले काहि फाट्ट फुट्ट मात्र आउने डन्डिफोर यो बुडेसकालमा निधारमा फररर छपक्कै आउन थाल्यो लौन नि। यसको समाधानको केहि उपाय बताइदिनुभए आभारि हुने थिएँ। प्युबर्टिमा नआएको डन्डिफोर जिन्दगीकै लिबर्टि खोसिने बेलामा आउनुको रहस्य के? एक घान फररर आएका डन्डिफोर बिलाउन नपाउँदै अर्को घान छरिएको देखिन्छ? के कारणहरु होला?

नोट-  बुढेसकालमा जवानि लागेको भन्ने उत्तर आउँछ भन्ने थाहा छ, त्यसैले त्यो बाहेकको उत्तरमा ध्यान दिइने छ।

धन्यवाद्।

 

Read Full Discussion Thread for this article