Posted by: Birkhe_Maila November 28, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

""क्या हो बुडा आज त आँफै टाउको देखाएर टाप हान्नी?""

अचम्म छ पर्भु आजकलका आलाकाँचाको बुझाई पनि! तिमि असत्तिलाई यस्तो नअर रमैलो हुँदैन बरु नानाँभाँति जे लेखे नि लेख भनेर एसो बाङ्गो तालले छिर्के हान्या बुझ्दैनन कोइ! हरिशरणम्!

ठुलि तोतेबोलि त मजाको हुन्छ तर अक्षर अति नै फरक राख्दा अर्थ अर्को लाग्छ नि। लुमनाम हैन गुमनाम होला! अब कुरा के भने नि,  अब ठुलिलाई थुलि भन्दा सम्म ठिकै छ, तर कुलि, चुलि, मुलि, भुलि भन्यो भने त फसाद पर्छ नि त! कि कसो? अनि बङ्गारा देखायौ त हिजो डाउडरलाई?

नि:शब्द हैन ठुल्दाई, यसो सपैलाई बात मार्न झक्झकाइद्या मात्रै हो! आफ्नो त कुन्नि के थुनो भने के बाट बोल्ने भन्या जस्तो छ के खा'र निशब्द हुनु नि! बरु उता अनुराधाको श्रवण नभा' धेरै भा थ्यो, यसो टेम मिला'र पेल्ने कि?

अरु को को छ?

ए साँच्चै, लहरेलाई चौतारी बना' धन्देबात दिन बिर्सि रा। लु लहरे राउँरो होस, चौतारीमा आउँदा नानाभाँति कुरा लेख्ने भएस, नकिने पनि लोट्टो पारेस, लभ नगरे पनि ब्वाइ फ्रेन्ड बनेस, नपकाए पनि टन्न हसुर्न पाएस, नकमाए पनि कुस्त गाँठ खर्च गर्न पाएस लु ठुलै मान्छे भएस!


 

Read Full Discussion Thread for this article